निर्वाचन सारे मुलुक दुर्घटनामा फस्छ : प्रमुख आयुक्त थपलिया | Khabarhub Khabarhub

निर्वाचन सारे मुलुक दुर्घटनामा फस्छ : प्रमुख आयुक्त थपलिया


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहको निर्वाचनलाई तलमाथि गरे मुलुक दुर्घटनामा फस्ने बताएका छन्।

प्रमुख आयुक्त थपलियाले शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा भने, ‘कुनै तरिकाले निर्वाचन सारिनु भनेको दुर्घटना निम्त्याउनु हो।’ सरकारले निर्वाचनको मिति तय गरिसकेकाले तर्क वितर्कको आवश्यकता नरहेको उनले बताए।

यो वर्ष मुलुकका लागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका लागि आव्हान गर्दै उनले तोकेको समयमा निर्वाचन हुनुपर्नेमा जोड दिए।

यसै वर्ष प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको पनि सुनाए।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ११ : ५५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द