मौसमी एलर्जी भगाउन बेसारको स्पेसल पेय, यसरी बनाउनुहोस् | Khabarhub Khabarhub

मौसमी एलर्जी भगाउन बेसारको स्पेसल पेय, यसरी बनाउनुहोस्


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मौसमी बिरामले प्रभावित भएपछि अधिकांश तत्काल औषधि किन्न दौडिन्छन् । तर मौसमी रोगलाई प्राकृतिक उपचारले पनि निको पार्न सकिन्छ । अहिलेको मौसममा एलर्जीको समस्या बढी देखिन्छ । यसको उपचारमा बेसारको प्रयोग लाभकारी मानिन्छ ।

बेसारको औषधीय गुणबारे हामी सबैलाई थाहा छ । तर धेरैलाई बेसारको एक पेय पनि बन्छ भन्ने थाहा नहुन सक्छ । बेसारको यो पेयले एसिडिटी, अपच र छातीको जलन, आस्थमा, एग्जिमा र आर्थरायिटिसको समस्यामा विशेष रूपले लाभकारी हुन्छ । यस अलावा चिसो सकिएर गर्मी लाग्दाको यो मौसममा देखा पर्ने एलर्जीको समस्यामा बेसारको स्पेसल पेयले बढी लाभ पाउन सकिन्छ ।

बेसारको यो पेय बनाउन करिब ५० एमएल नरिवल, १० ग्राम बेसार र १० ग्राम अदुवा राखेर पिँधेको पेस्ट पानीमा घोल्नु पर्दछ । अब त्यसलाई छानेर एक चम्चा कागतीको रस, एक चुट्की नुन र स्वादअनुसार मह हालेर पिउँदा माथिका सबै समस्यामा लाभ मिल्दछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ०६ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको