मानसिक हैरानी दिने ‘युट्युबर’ आकाश पक्राउ | Khabarhub Khabarhub

मानसिक हैरानी दिने ‘युट्युबर’ आकाश पक्राउ


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा बिर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ ।

प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मङ्गलबार पक्राउ गरी आज जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ ।

सरकारले गत माघ १३ गते सार्वजनिक स्थलमा खिचिएका प्राङ्क भिडियो सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नेलाई कारवाहीको दायरमा ल्याउने घोषणा गरेसँगै साइबर ब्यूरो सक्रिय भएको हो ।

गृहमन्त्रालयले सार्वजनिक स्थलहरूमा छायाङ्कन गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ३ : ३० बजे

आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको