राजदूत वाग्लेले बुझाए ओहोदाको प्रमाणपत्र | Khabarhub Khabarhub

राजदूत वाग्लेले बुझाए ओहोदाको प्रमाणपत्र


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनका लागि नवनियुक्त नेपाली राजदूत तीर्थराज वाग्लेले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

बहराइनका परराष्ट्रमन्त्री डा. अब्दुललातिफ बिन राशिद अलजायनीलाई ओहोदाको प्रमाणपत्र पेश गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

त्यसक्रममा परराष्ट्र मन्त्री अलजायनीसँग राजदूत वाग्लेले शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच दुई देशको कूटनीतिक, आर्थिक विकास, पर्यटन र श्रम सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।

साथै, आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा कुराकानी भएको बताइएको छ । राजदूत वाग्ले गत साउन १६ गते अर्थात् १ अगस्टमा बहराइन पुगेका थिए ।

उनलाई बहराइनको अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा त्यहाँका परराष्ट्र मन्त्रालयका शिष्टाचार महाशाखाका पदाधिकारीहरू तथा नेपाली दूतावासका नियोग उपप्रमुख अरूणा घिसिङ्गलगायतले स्वागत गरेका थिए।

पूर्व राजदूत पदम सुन्दास आफ्नो कार्यरत सकाएर नेपाल फर्केपछि उनी राजदूत नियुक्त भएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०