सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगकाे म्याद थप गर्ने सहमति | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगकाे म्याद थप गर्ने सहमति


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको छ । गठबन्धन दलका शीर्ष नेताको आज भएको बैठकमा सो सहमति जुटेको हो ।

बैठकमा समयावधि सकिन लागेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिए । दुवै आयोगको समयावधि शनिबारसम्म मात्र रहेको र त्यससम्बन्धी विधेयक आजै टेबुल गरिनेछ ।

यसैगरी बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथि समेत छलफल भएको उनले बताए । बैठकले सहमति गरी नागरिकतासम्बन्धी विधेयक पारित गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका उपाध्यक्ष पोखरेललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ०६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द