सिक्किममा रोकियो 'कबड्डी ४' को प्रदर्शन  | Khabarhub Khabarhub

सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिक्किम सरकारले तत्कालका लागि ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शनमा रोक लगाउने भएको छ । सिक्किममा फिल्म प्रदर्शन नहुने घोषणा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले फेसबुकमा स्टाटस लेख्दै गरेका हुन् । उनले विवाद साम्य नभएसम्म सिक्किममा फिल्म चलाउने नदिने घोषणा गरेका छन् । ‘सिक्किमे जनताको तथा थुप्रै संघ संस्थाको आग्रहलाई ख्याल गर्दै राज्य सरकारले विवादको चित्त बुझ्दो समाधान नभएसम्म फिल्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ मुख्यमन्त्रीले गोलेले लेखेका छन् ।

काठमाडौँको सिभिल मलमा गुम्बा बसेका लामाले फिल्मकी अभिनेत्री मिरुना मगरले ‘ब्याड टच’ गरेको भन्दै मिरुनाको मौखिक उजुरीमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । लामा पक्राउको चौतर्फी विरोध भएपछि प्रहरीले लामालाई छाड्नुका अलावा दुवै पक्षले एकअर्कासँग माफी मागेर विवाद टुंगिएको घोषणा गरिएको थियो । तर बाँकी लामाहरूले फिल्मको टिम र आरोपित लामाबीच भएको सहमतिमा सन्तुष्टि जनाएका थिएनन् ।

विवाद साम्य नभएपछि सिक्किममा पनि फिल्म प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै राज्य सरकारको ध्यानाकर्षण गराएका थिए । यही निवेदनका आधारमा राज्य सरकारले फिल्म रोक्ने निर्णय गरेको हो ।योसँगै निर्माताको १ करोड बढी रकम जोखिममा परेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ५७ बजे

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा