थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि | Khabarhub Khabarhub

थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

 सो अवधिमा दुई हजार १८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९२ जनाको पिसिआर र ९६ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा १५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९०४ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार ६९२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।  

१४२ जना सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् । 

 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ८ : १३ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार