जनसेवाश्री पदकबाट जोगिन्दर विभूषित  | Khabarhub Khabarhub

जनसेवाश्री पदकबाट जोगिन्दर विभूषित 


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हास्यकलाकार जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजाल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।

No description available.

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत जोगिन्दर सहित मानपदवी प्राप्त गर्ने महानुभावहरूलाई विभूषित गरेकी छिन्।

संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गरिन्छ । गत वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने घोषणा गरेको थियो ।

जनसेवाश्री पदकबाट विभूषित  भएपछि जोगिन्दर खुशी व्यक्त गरे ।’कलाकारितासँगै समाजसेवामा समेत सक्रियता भएता पनि मैंले यो कहिले चर्चा गरेको छैन । कामको मूल्यांकन हुँदा अझै अगाडि बढ्ने प्रेरणा मिल्दो रैछ’ उनले भने । आउँदा दिनमा कलाकारितासँगै विविध पाटोमा सक्रियता बढाउने जोगिन्दरले बताए । कलाकारितासँगै राजनीतिमा समेत सक्रिय जोगिन्दर सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । नेपाल संस्कृतिक संघका महामन्त्री समेत रहेका जोगिन्दर बाहेक अन्य कलाकर्मी पनि विभूषित भएका छन् ।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकीर्तिमय राष्ट्रदीप मार्फत विभूषित भएका छन् । यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभूषित भएका छन् । प्रबल जनसेवाश्रीबाट लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, प्रकाश घिमिरे, रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, संगीतकार कस्तुप पन्तलाई विभूषण गरिएको छ ।

अभिनेत्री केकी अधिकारी, अनमोल केसी, गायक प्रकाश सपूत, हेमन्त शर्मालाई भने सरकारले जनसेवाश्री पदकबाट विभूषण गरिएको छ । हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, बहिरा कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, राजकुमार राई, मैथली कलाकार रन्जु झालाई पनि यहीं पदकबाट विभूषित गरिएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : २९ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले