प्रहरीको प्रश्न- हजुरको मास्क खोइ ? | Khabarhub Khabarhub

प्रहरीको प्रश्न- हजुरको मास्क खोइ ?


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँची जिल्लामा सम्भावित कोभिड जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।

आधा दर्जन तल झरेको सक्रिय संक्रमितको संख्या उकालो लागेर दुई दर्जन पुग्न थालेपछि स्वास्थ्य सचेतना फैलाउँदै प्रहरी घरघरमा जान सुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अनिवार्य खोप लगाउन आग्रह गर्दै प्रहरी चोक चोकमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।

अनावश्यक रूपमा बजारमा हिँडडुल नगर्न तथा हिँड्नुपर्ने अवस्था आए स्वास्थ्य सावधानीको साथ अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको शाहले जानकारी दिए ।

हाल दिनानुदिन दिन बढ्दै गई रहेको ओमिक्रोन तथा कोभिड १९ को संक्रमणबाट बच्नको लागी अनिवार्य रूपमा कोभिड सम्बन्धी खोप लगाऔं, माक्सको प्रयोग गरौँ, सामाजिक दूरी कायम गरौँ, अनावश्यक रूपमा हिँडडुल नगरी पूर्ण रूपमा स्वास्थ्य मापड्ण्डको पालना गरौँ, जस्ता नाराहरू उल्लेखित प्लाकार्डसहित बजार परिक्रमा गरेको प्रहरी टोलीले आज करिब ५ सय जनालाई मास्क वितरण गरेको थियो ।

अर्घाखाँची जिल्लामा आउन सक्ने सम्भावित जोखिमलाई निरुत्साहित गर्न आफूहरूले सक्रियता थालेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमरबहादुर थापाले जानकारी दिए ।

हाल अर्घाखाँचीमा २३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ०० बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ