आनन्दकुटीका पूर्वविद्यार्थीले पुनर्निर्माण गरे विद्यालय भवन | Khabarhub Khabarhub

आनन्दकुटीका पूर्वविद्यार्थीले पुनर्निर्माण गरे विद्यालय भवन


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँस्थित आनन्दकुटी विद्यापीठ, आनन्दकुटी कन्या विद्ययापीठ र आनन्दकुटी साईन्स कलेजमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भवनहरुमध्ये एउटा भवनको पुनर्निर्माण गरेका छन् ।

आनन्दकुटी भूतपूर्व विद्यार्थी संस्था (अका) ले मुदिता भवनको पुनर्निर्माण गरी विद्यालयलाई एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गरेको हो ।

सो विद्यालयबाट अध्ययन पूरा गरी देश विदेशमा विभिन्न क्षेत्रमा सक्रिय पूर्व विद्यार्थीहरुले रोटरी क्लब अफ पाटनमार्फत रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानसँगको सहकार्यमा ६४ लाख लागतमा भवनको रेट्रोफिटिङ गरी पुनर्निर्माण गरेको हो । पूर्व विद्यार्थी र रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले ३२–३२ लाख सहयोग गरेका थिए ।

भवन पुनर्निर्माणका लागि ३२० जना पूर्व विद्यार्थीले आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष नवीन विकास महर्जनले जानकारी दिए ।

आनन्दकुटी विद्यापीठ सन् १९५२ मा एक मात्र बौद्धशिक्षा दिने आवासीय विद्यालयको रुपमा आनन्दकुटी बिहारमा विश्व विख्यात भन्ते अमृतानन्द महाथेरो र सह संस्थापक श्री न्हुछे बहादुर बज्राचार्यले स्थापना गरेका हुन् ।

सन् २००१ देखि यस विद्यालय आनन्दकुटी बिहारअन्तर्गत रही आनन्दकुटी विद्यापीठ सार्बजनिक शैक्षिक गुठीमार्फत संचालित छ । पुनर्निर्माण गरिएको भवनमा हातधुने स्थान, शौचालयका साथै टेबल बेन्च, सेतोपाटीलगायत आपतकालीन ढोका तथा भर्‍याङको पनि व्यवस्था गरिएको छ ।

उपेक्षा भवनको पुनर्निर्माण शुभारम्भ

आनन्दकुटी विद्यापीठ–सार्बजनिक शैक्षिक गुठीका गुठियार भन्ते पन्नामुर्ती महास्थाबीरले परितान पाठ गरी उपेक्षा भवनकोसमेत पुनर्निर्माण शुभारम्भ गरिएको छ ।

२०२९ सालमा यसै विद्यालयबाट एस एल सी उतिर्ण गर्नु भएका क्याप्टेन फिजो नाथ नेपालीले उपेक्क्षा भवनको पुनर्निर्माण (रेट्रेफिटिङ) को लागि आवश्यक सबै खर्चको जिम्मेवारी लिएका हुन् ।

उनले भवन पुनर्निर्माणको लागि आवश्यक रकमको पहिलो किस्ताको चेक पनि हस्तान्तरण गरे ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ५६ बजे

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको