यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम | Khabarhub Khabarhub

यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रतिदिन जाडो बढिरहेको छ । जाडो धेरै भएका कारण यो मौसममा पानी चिसो समेत हुने गर्छ । चिसो मौसममा चिसो पानीले नुहाउनु धेरै कठिन हुन्छ त्यसैले अधिकांश मानिस नुहाउन तातोपानीको प्रयोग गर्छन् । यसमध्ये गिजर धेरैको रोजाइमा पर्ने गर्छ । तर गिजरको सही प्रयोग र तरीका जानिएन भने ज्यान जोखिममा पर्न सक्छ ।

यस्ता छन् गिजरमा नुहाउँदा ध्यान दिनुपर्ने कुराहरू :

सामान्यतयाः बाथरुम सानो हुन्छ । त्यसमाथि नुहाउँदा धेरैले भेन्टिलेसन समेत बन्द गरेर नुहाउँछन् । तर यसरी नुहाउँदा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्छ र, मानिसलाई नुहाउँदा नुहाउँदै चक्कर लाग्ने र बेहोस हुने हुन्छ । यो बेला ढोका खोलेर बाहिर निस्कन समेत ग्राहो हुन्छ। त्यसैले नुहाउने ठाउँको भेन्टिलेटर खोलेर नुहाउनु पर्दछ । यसो गर्दा सजिलैसँग हावा प्रवाह हुन सक्छ। साथै गिजरमा नुहाउन जाँदा परिवारलाई भनेर जानु पर्दछ । ताकि कुनै अप्ठेरो भए परिवारले पनि थाहा पाउन सकुन् ।

गिजरको फाइदा :

गिजर सबैका लागि सहज र सुलभ छ । अन्य विकल्प भन्दा यो सस्तो पनि छ ।

गिजरका बेफाइदा :

गिजर प्रयोग गर्दा राम्रोसँग सावधानी अपनाउन नसकेको खण्डमा ज्यान जानेसम्मको  खतरा हुन्छ । गिजरले ग्यास उत्पादन गर्छ त्यही ग्यासबाट आउने फ्युल्सहरु टक्सिक हुन्छ । त्यहाँबाट कार्बनमोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ र ज्यान पनि जान सक्छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : २३ बजे

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३