चोरी गरेर अमेरिका पुर्‍याइएको सालभञ्जिका नेपाल फर्काइयो | Khabarhub Khabarhub

चोरी गरेर अमेरिका पुर्‍याइएको सालभञ्जिका नेपाल फर्काइयो


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको १४ औँ शताब्दीतिर बनेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ ।

पुरातात्त्विक महत्त्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ ।

त्यस्तै प्रस्तरबाट निर्मित करिब ११ औँ शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरी विभागलाई हस्तान्तरण गरिएको छ । शिवको मूर्ति महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए।

दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ । उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो । अमेरिका र बेलायतमा रहेका अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी दिए।

हालसम्म वेलायतवाट १९ थान, अष्ट्रियाबाट १ थान, अमेरिकाबाट २५ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ , जर्मनी, इटालियन नागरिक र युरोपियन नागरिकबाट १–१ थान गरी जम्मा ८९ थान मूर्तिहरू नेपाल फिर्ता भइसकेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ४१ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच