म्याग्दीमा धौलागिरि गाउँपालिकाबाहेकका स्थानीय तहमा मतगणना जारी | Khabarhub Khabarhub

म्याग्दीमा धौलागिरि गाउँपालिकाबाहेकका स्थानीय तहमा मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाबाहेक अरु सबै स्थानीय तहमा आज बिहानैदेखि मतगणना सुरु भएको छ ।

जिल्लाको एउटैमात्र नगरपालिका बेनी नगरपालिकामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनी नगरपालिका–१ रत्नेचौरको मतपेटिकाको मत खन्याइ गणनाको सुरुआत गरेका हुन् ।

यसैगरी जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भीमप्रसाद घिमिरेका अनुसार भौगोलिक विकटताका कारण धौलागिरि गाउँपालिकाको गुर्जाबाट मतपत्र पालिकाको केन्द्र मुनामा आइनपुगेकाले त्यहाँको मतगणना सुरु हुन सकेको छैन ।

कार्यालयका अनुसार शुक्रबार सम्पन्न मतदानमा जिल्लाभर ६६ प्रतिशत मत खसेको थियो । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा कूल मतदातामध्ये ५६ हजार ५४३ मत खसेकामा महिला ३० हजार ३२, पुरुष २६ हजार ५१० र अन्य एकजना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

जिल्लामा जम्मा ७४ वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेकामा स्थानीय तह निर्वाचनका लागि कूल ८५ हजार ३७५ मतदाता थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कूल २३७ पदको लागि ७१८ जना उम्मेदवार चुनावमा उठेका छन् ।

जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार भौगोलिकरुपमा विकट क्षेत्र धौलागिरि गाउँपालिका–१ गुर्जाको मतपेटिका आज बिहान ५ बजे गाउँबाट ल्याइने छ । जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको उनले बताए । ‘अनुमान गरेभन्दा पाँच–सात प्रतिशत बढी मत खसेको छ’, प्रमुख घिमिरेले भने ।

यसैबीच बेनी नगरपालिकाको मतपेटिका सङ्कलन गरेपछि आज बिहान ८ बजेदेखि मात्रै मतगणना हुने जनाइएको छ । त्यस्तै जिल्लाका पाँचवटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : १८ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा