फिल्म वितरणमा सक्रियता बढाउँदै मानन्धर | Khabarhub Khabarhub

फिल्म वितरणमा सक्रियता बढाउँदै मानन्धर


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रणवीर सिंह अभिनीत फिल्म ‘जयशभाई जोरदार’ नेपालमा शनिवारबाट प्रदर्शनमा आएको छ ।

शुक्रबार स्थानीय तहको निर्वाचनका कारण हल बन्द हुने भएकाले शनिवारबाट हल खुलेसँगै फिल्म प्रदर्शनमा आएको हो । यशराज ब्यानरमा बनेको कमेडी ड्रामा फिल्म ‘जयशभाइ जोरदार’ मा रणवीर सिंह, शालिनी पाण्डे र बोमन इरानीको मुख्य भूमिका छ । दिब्यांग ठक्करले फिल्मको लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्मलाई नेपालमा निर्मातासँगै वितरक रहेका सुनिल मानन्धरले भित्र्याएका हुन् । केही समय फिल्म वितरणमा सक्रिय नदेखिएका मानन्धरले यसअघि साउथ इन्डियन फिल्म ‘ईटी’ नेपाल ल्याएका थिए । मानन्धरको वितरण कम्पनी सिंहदेवी प्रोडक्सनले भारु २१ लाख (३३ लाख ६० हजार नेपाली रुपैयाँ) मा उक्त फिल्म खरिद गरेको हो ।

उनले यशराजका अन्य फिल्मलाई पनि नेपालमा ल्याउने जनाए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : १३ बजे

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको