पूर्वप्रधानमन्त्री ओलीलाई 'मेधावी योगदान पदक' प्रदान | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रको ठूलो ‘मेधावी योगदान पदक’ प्राप्त गरेका छन् ।

बिहीबार काठमाडौँमा भएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री ओलीलाईे ‘मेधावी योगदान पदक’ बाट प्रदान गरेकी हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रबद्र्धनमार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा गरेको योगदानको कदर गर्दै यो पदक प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताइन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताएका थिए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ८ : ३० बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को