आइभोरी कोष्टका प्रधानमन्त्रीद्वारा राजीनामा, सानो आकारको सरकार बनाउने राष्ट्रपतिको तयारी | Khabarhub Khabarhub

आइभोरी कोष्टका प्रधानमन्त्रीद्वारा राजीनामा, सानो आकारको सरकार बनाउने राष्ट्रपतिको तयारी


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक आइभोरी कोष्टको सरकारले राजीनामा दिएको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार आइभोरियन प्रधानमन्त्री प्याट्रिक अचीले राष्ट्रपति अलासाने औवाटारासमक्ष सरकारको राजीनामा पेश गरेका हुन् ।

राष्ट्रपति औवाटाराले सरकारको राजीनामा सदर गरेको जनाइएको छ । उनलाई औवाटाराले गत वर्षको मार्च महिनामा प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीले राजीनामा बुझाएसँगै अर्को साता सरकारमा मन्त्रीहरुको संख्या घटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने राष्ट्रपति औवाटाराले जनाएका छन् । हाल ४१ मन्त्रालय रहेको आइभोरी कोष्टमा ३० मन्त्रीहरुमात्र समावेश गरी अर्को सरकार गठन गरिने उनको भनाइ छ ।

सानो सरकार विश्वव्यापी आर्थिक अवस्थाविरुद्ध जुझ्न प्रभावकारी हुने भन्दै सरकारको आकार घटाउन लागिएको अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  २ : ५५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६