त्रिभुवन आर्मी फुटबल क्लबलाई झापागोल्ड कपको उपाधि | Khabarhub Khabarhub

त्रिभुवन आर्मी फुटबल क्लबलाई झापागोल्ड कपको उपाधि


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौँ संस्करणको झापागोल्ड कपको उपाधि जितेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार दिउँसो भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले झापा एक्स आईलाई २–१ गोेल अन्तरले पराजित गरेको हो । 

 त्रिभुवनको जितमा टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले १–१ गोल गरे । भने झापाका लागि विमल घर्ती मगरले १ गोल फर्काएका थिए  ।

खेलको १८ औं मिनेटमा सुमन अर्यालले दिएको क्रसलाई टेक बहादुरले गोलमा परिणत गर्न सफल भएका थिए । पहिलो गोल गरेको त्रिभुवन आर्मीले  खेलको २० औँ  मिनेटमा  कप्तान जर्जले दोस्रो गोल गर्न सफल भए । गोलरक्षक दीपक कार्की अगाडि बढेको मौकाको सदुपयोग गर्दै जर्जले सहजरूपमा  गोल गरका थिए ।

खेलको २२ औँ मिनेटमा  दबाब महशुश गरेको झापाले आक्रमणमा तीव्रता लियो । खेलको २४ औँ मिनेटमा झापाका विमल घर्ती मगरले १ गोल गर्न सफल भए । तर, विमलको गोलपश्चात दुवै टोलीको निरन्तर प्रयासले गरेपनि अर्को गोल हुन सकेन । दोस्रो हाफमा त्रिभुवनले आक्रमण भन्दा रक्षात्मक शैली अपनाएको थियो  । फलस्वरुप उपाधि त्रिभुवनले जित्यो ।

 खेल जितेसँगै त्रिभुवनले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता झापाले ६ लाख पाँचहजार रुपैयाँ पुरस्कार राशी पनि प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : २३ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको