एमाले द्वन्द्व चाहँदैन–शेरबहादुर तामाङ « Khabarhub

एमाले द्वन्द्व चाहँदैन–शेरबहादुर तामाङ


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् । यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ ।

साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उनले बताए ।

‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, ‘महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । ’

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : ०० बजे

कालोपत्र भएको दुई महिनामै भत्कियो सडक, स्थानीयवासी र यात्रु समस्यामा

काठमाडौँ– भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको  सडक

बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो 

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी

एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छ : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी

डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा

डोटी– डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका

आलेख सेवा : पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशामा पोखराको पर्यटन

गण्डकी ‘कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन्