माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने निर्णय | Khabarhub Khabarhub

माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने निर्णय


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ३० बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस