टाटा टिगोर अब चाँडैं ईभीमा आउँदै | Khabarhub Khabarhub

टाटा टिगोर अब चाँडैं ईभीमा आउँदै


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ। पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै ग्राहकमाझ लोकप्रियता कमायो। गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपन्तिमा रहेको टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो । नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भयो।

आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिना अघि मात्रै भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ। टिगोर ईभीले पनि छोटो समयमै राम्रो बजार पायो । झन्डै तीनमहिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार तोकेको छ ।

नेपाली बजारमा पनि टिगोर ईभी छिट्टै भित्रने अनुमान छ । यदि यसो भयो भने नेपाली बजारमा टाटाको दुई वटा विद्युतीय मोडल उपलब्ध हुनेछ – टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ ।

टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ । जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंकपाएको छ ।

यस्तो छ नेपालीबजारको अपेक्षित टिगोर ईभीको अन्यविशेषता

१.विद्युतीय मोटर

टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आईपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । अर्थात् गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ।

२. बाहिरी आवरण

भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रंग विकल्पमा उपलब्ध हुन सक्छ। यो डुअल–टोन विकल्पमा उपलब्ध गराएमा यसको माथिल्लो भाग (रुफ) भने कालो रंगको हुनेछ। गाडीको ग्रिल मुनी निलो रंगले रेखा कोरिएको देखिन्छ जसले गर्दा यो विद्युतीय भनेर परैबाट छुट्याउन सकिन्छ ।

यसको अगाडि भागमा पुरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ। गाडीको पाङ्ग्राहरू पनि निकै स्टाइलिस छन्। यसको पछाडि हेर्ने रिअर भ्यू ऐनाहरू पनि फोल्डेबल छन्। गाडीको डिकी खोल्ने ठाउँमा जिपट्रोन लेखिएको ब्याच पनि देख्न सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ ।

३. भित्री डिजाइन

गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ। टिगोरको सिट ग्रेनाइट कालो रंगमा छन् भने गाडीको आन्तरिक थिम विद्युतीय केन्द्रित छ ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उँचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि छ । चालक र यात्रु सहजताका लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।

गाडीमा २,४५० एमएमह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ । यो भनेको नेपाली बाटोहरूका लागि पनि गाडी निकै उपयुक्त हुने बुझिन्छ ।

टाटा मोटर्सले यो टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य भारु १२ लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकेको छ ।

नेपालमा भने हालसम्म यसको मूल्य वा गाडी सार्वजनिक हुने मितिबारे कम्पनीले कुनै घोषणा गराएको छैन । कम्पनिबाट प्राप्त जानकारी अनुसार टिगोर ईभीको बारेमा जानकारी लिन ९८०१९०९८९० अथवा ९८०१०१३४४९ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन