अभिनयसँगै गायनमा अब्बल यी कलाकार | Khabarhub Khabarhub

अभिनयसँगै गायनमा अब्बल यी कलाकार


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता गोविन्दा हालै आफ्नो म्यूजिक भिडियो ‘हेलो’का कारण ट्रोल बने । यो भिडियोमा उनको अभिनयसँगै स्वर पनि छ । बलिउडमा गायनमा आउने कलाकारमा गोविन्दा एक्ला होइनन् । उनीभन्दा अघि धेरै कलाकारहरु गायन विधामा पनि पाइला चालेका छन् । भलै यसमा कोही सफल भए भने कोही असफल ।

अभिनेता अभिषेक बच्चन पिता अमिताभजस्तै अभिनयका अलावा गायनमा पनि आइसकेका छन् । उनले फिल्म ‘ब्लफमास्टर’को गीत ‘एक में और एक तू’मा स्वर दिएका छन् । यसबाहेक उनले अमिताभका साथ ‘बोल बच्चन’को शीर्ष गीत पनि गाएका छन् ।

अभिनेत्री श्रीदेवीले फिल्म ‘चाँदनी’मा शीर्ष गीत गाएकी थिइन् । यो गीतमा उनको स्वरलाई श्रोताले निकै मजाक उडाएका थिए ।

‘दबंग’ अभिनेत्री सोनाक्षी सिन्हाले पनि फिल्म ‘तेवर’को गीत ‘लेट्स सेलिब्रेट’मा स्वर दिएकी छन् । यसबाहेक उनले टी–सीरीजको गीत ‘आज मुड इश्कोहोलिक हे’मा र्‍याप गरेकी छन् ।

अभिनेता सलमान खानले फिल्मका अलावा कैयौं हिट गीत दिएका छन् । उनले ‘किक’को ‘हेङ्गओभर’, ‘हीरो’को शीर्ष गीत, ‘हेलो ब्रदर’ र ‘बडीगार्ड’मा गीत गाएका छन् । कोरोनाको समयमा सलमानले ‘करो ना प्यार’ गीत गाएका थिए ।

अभिनेत्री आलिया भट्टले सन् २०१६ को फिल्म ‘हंपटी शर्माकी दुल्हनिया’को गीत ‘समझावाँ’को फिमेल भर्सनमा स्वर दिएकी थिइन् । यो गीत हिट साबित भएको थियो । यसबाहेक उनले ‘हाइवे’को ‘सूहा–साहा’, ‘उड्ता पञ्जाब’को ‘इक कुडी’, ‘डियर जिन्दगी’को ‘लभ यू जिन्दगी’, ‘बद्रीनाथ कि दुल्हनिया’को ‘हमसफर’ र ‘सडक २’को ‘तुमसे ही’ गीतको नयाँ भर्सन गाइसकेकी छन् ।

अभिनेत्री प्रियंका चोपडाले ‘तिनका–तिनका’ गीतका अलावा ‘माइ सिटी’ एलबमको शीर्ष गीत पनि गाएकी छन् । यो गीतलाई भारतलगायत विश्वभर रुचाइएको थियो । यसपछि उनले पितबुलका साथ ‘एक्जोटिक’ एलबम सार्वजनिक गरेकी थिइन् ।

अभिनेत्री माधुरी दिक्षितले ‘देवदास’को गीत ‘काहे छेड–छेड मोहे’मा स्वर दिएकी थिइन् । त्यस्तै श्रद्धा कपुरले ‘एक भिलेन’को गीत ‘गलियाँ’बाट गायनमा पाइला चालेकी थिइन् । यो गीत निकै लोकप्रिय भएको थियो । यसपछि उनले ‘बेजुबान फिर से’, ‘सब तेरा’ र ‘फिर भी तुमको चाहुँगी’लगायतका गीत गाइसकेकी छन् ।

बलिउडका महानायक अमिताभ बच्चनले फिल्म ‘मिस्टर नटवरलाल’बाट गायनमा डेब्यू गरेका थिए । यद्यपि उनले फिल्म ‘सिलसिला’को ‘रंग बरसे’बाट चर्चा पाए । यसपछि उनले ‘बागबान’को ‘मे यहाँ तू वहाँ’लगायतका फिल्ममा गाए ।

अभिनेत्री परिणीति चोपडाले फिल्म ‘मेरी प्यारी बिन्दु’को गीत ‘हम यार नहीँ’बाट गायनमा डेब्यू गरेकी थिइन् । यो गीतपछि उनले ‘केसरी’को ‘तेरी मिट्टी’ र ‘द गर्ल अन द ट्रेन’को ‘मतलबी यारियाँ’ गाइन् ।

बलिउड बादशाह शाहरुख खानले फिल्म ‘जोश’ मा ‘अपुन बोला’ गाएका छन् । यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

सन् १९९८ मा रिलिज फिल्म ‘गुलाम’को गीत ‘आती क्या खण्डाला’मा अभिनेता आमिर खानले स्वर दिएका थिए । यो गीत चार्टबस्टर साबित भएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : १२ बजे

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने