विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज साउन २८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १३, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्ः

अडियो सुन्नुहोस्-

भारतमा झण्डै १६ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएको सरकारी अधिकारीहरूले जानकारी गराएका हुन् ।

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् ।

एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ ।संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयको भनाई छ ।
पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

सोनिया गान्धी फेरि सङ्क्रमित
भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसबाट फेरि सङ्क्रमित भएकी छिन् ।

गान्धी कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित भएकी हुन् । शनिबार उनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । गान्धीमा कुनै ठूलो स्वास्थ्य समस्या भने देखिएको छैन ।

यसअघि गत जुन २ मा पनि उनी कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन् ।नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्दै गरेको कांग्रेस नेता जयराम रमेशले जानकारी गराए ।

उनमा परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी भएका छन् । उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् ।
भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

चीन र थाइल्याण्ड संयुक्त सैन्य अभ्यास गर्दै
एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ । चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ ।

संयुक्त सैनिक अभ्यासमा हवाई सहयोग, स्थलगत लक्ष्यमा आक्रमण तथा सेनाको तैनाथी समावेश हुने चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिका र चीनबीच बढ्दो रणनीतिक र आर्थिक प्रतिस्पर्धाले विश्वका विशाल अर्थतन्त्रहरूबीचको तनावले यस्उता सैन्य अभ्यासले द्वन्द्वलाई मत्थर गर्न बल नमिल्ने विश्लेषकहरू बताउँछन् ।

केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले थाइल्याण्डको भ्रमण गरेर यस क्षेत्रमा अमेरिकी गठबन्धन र साझेदारीको अनुपम सञ्जाललाई बलियो बनाउने प्रयास गर्नुभएको थियो ।

उत्तरी थाइल्याण्डको लाओसको सीमा नजिक अवस्थित उडर्न रोयल थाई एयर फोसर्कको आधार शिविरमा हुने संयुक्त अभ्यासमा दुवै देशका लडाकु विमान समावेश हुनेछन् ।

अमेरिकाले इन्डोनेसियामा अष्ट्रेलिया, जापान, इन्डोनेसिया र सिङ्गापुरसँग सन् २००९ मा सैन्य अभ्यास प्रारम्भ गर्दै आएको सन्दर्भमा चीनले पनि थाइल्याण्डसँग मिलेर त्यस्तै सैनिक तालिम सुरु गर्न लागेको हो ।

एक देश दुई शासन पद्धतिअनुसार शासन व्यवस्था सञ्चालन भएको स्वशासित चिनियाँ टापु ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरपरको जलक्षेत्र र आकाशमा युद्धपोत र क्षेप्यास्त्रसहित सैन्य अभ्यास गरेको थियो ।

महिलाको प्रदर्शनमा तालिबान लडाकुले गरे हवाई फायर
तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरूले शनिबार हवाई फायर गरेका छन् ।

‘रोटी, काम र स्वतन्त्रता’ भन्दै महिलाहरु काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए । महिलालाई तालिबान लडाकुले कुटपीटसमेत गरेका थिए ।

तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेका थिए । त्यसयता उनीहरुले महिलाहरुका अधिकार कटौती गरेका छन् ।

अमेरिकी सहयोगप्रति ताइवान कृतज्ञ
ताइवानको विदेश मन्त्रालयले ताइवान स्ट्रेट र क्षेत्रमा सुरक्षा र शान्ति कायम गर्न ‘ठोस कार्य’ गरेकोमा संयुक्त राज्य अमेरिकाप्रति आफ्नो ‘निष्ठापूर्वक कृतज्ञता’ व्यक्त गरेको छ । शनिबार एक विज्ञप्तिमा भनिएको छ ।

यसअघि अमेरिकी इन्डो–प्यासिफिक संयोजक कर्ट क्याम्पबेलले चीनले अमेरिकी तल्लो सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा ‘अत्यधिक प्रतिक्रिया’ देखाएको बताएकी थिइन् ।

पेलोसीले एसिया भ्रमणका क्रमममा गत साता ताइवानको भ्रमण गरेकी थिइन् । पेलोसीको ताइवान भ्रमणको चीनले निन्दा गरेको थियो । भ्रमणको विरोधमा ताइवान स्ट्रेटमा सैन्य अभ्यास गरेको थियो ।

उत्तर कोरियामा अनिवार्य मास्कको प्रावधान हटाइयो

उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ । कोभिड—१९ संक्रमणका घटना कमी भएपछि सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो ।

देशमा सिर्जना भएको जनस्वास्थ्य संकट पूर्णतया निस्क्रिय भएको प्योङयाङको आधिकारिक समाचार संस्था कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । सम्पूर्ण क्षेत्रलाई सबैभन्दा छोटो अवधिमा घातक भाइरसबाट मुक्त गरिएपछि भाइरस प्रतिबन्ध सहज बनाइएको पनि उक्त संस्थाले जनाएको छ ।

उत्तर कोरियामा कोभिडबाट मृत्यु हुने मानिसको यकिन तथ्यांक सार्वजनिक गरिएको छैन् ।यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हाँसिल गरेको घोषणा गरेका थिए ।

नेता किम स्वंयम कोभिडबाट संक्रमित भएको पनि बताइएको थियो । यसै साता प्योङयाङले दक्षिण कोरियाले सीमावर्ती क्षेत्रमा जानी जानी संक्रमण पठाइदिएको आरोप लगाएको थियो । उसले आवश्यक भएमा दक्षिण कोरियाली अधिकारीहरूलाई निर्मूल पार्ने चेतावनी पनि दिएको थियो ।

मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु
मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो ।

पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ । त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन् ।

रुस्दीमाथि चक्कु हमला गर्ने आक्रमणकारीको पहिचान खुल्यो
चर्चित उपन्यासकार सलमान रुस्दीमाथि चक्कु हमला गर्ने आक्रमणकारीको पहिचान खुलेको छ । प्रहरीका अनुसार न्यु जर्सीका २४ हाडी मटरले रुस्दीलाई चक्कु प्रहार गरेका थिए ।

मटरको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनी सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आइआजीसी)प्रति सहानुभूति देखाएको जनाइएको छ ।

मटर र आइजीसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरू फेला पारेको जनाइएको छ ।

रुस्दी सहभागी स्टेजमा मटर अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटर एक्लैले उक्त हमला गरेको प्रहरीको भनाई छ ।

मटरको राष्ट्रियता र उनको आपराधिक रेकर्डबारे अमेरिकी अधिकारीहरुले अध्ययन गरिरहेका प्राप्त विवरणमा जनाइएको छ ।
शुक्रबार न्युयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ । उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ ।

फ्रान्सको राष्ट्रपति म्याक्रोनद्धारा रुस्दीप्रति सहानुभूति व्यक्त

शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्स उनको साथमा रहेको बताएका छन् ।

भारतीय मूलका ब्रिटिश अमेरिकी उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो ।
‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाईलाई मूर्त रूप दिनु भएको छ । उहाँको लडाई हाम्रो हो । आज पहिले भन्दा धेरै हामी उहाँको पक्षमा उभिन्छौं’, उनले ट्वीटरमा भने ।

शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।
आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।

प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।

पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु
मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेको हो । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरिएको छ ।

एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

रुस्दीमाथि हमलाः२० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार
शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शहरबाट करिब १०० किलोमिटर टाढा चौताउवा इन्स्टिच्युसनमा आयोजित कार्यक्रमको मञ्चमा एक आक्रमणकारी पुगेर उनलाई छुरा प्रहार गरेको कार्यक्रमका दर्शकसमेत रहेका रब्बी चाल्र्स सेभेनोरले बताए ।

२० सेकेन्डभित्र १० देखि १५ पटक छुरा प्रहार भएको उनले बताए । आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । रुस्दीको अवस्था गम्भीर रहेको न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले बताइन् । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए । उनको कृति ’द सैटानिक भर्सेस’ विवादमा छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ०३ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने