राति १० बजेसम्मको अपडेट : ७७ मतदान केन्द्रको मतदान स्थगित, ६४ प्रतिशत मतदान | Khabarhub Khabarhub

राति १० बजेसम्मको अपडेट : ७७ मतदान केन्द्रको मतदान स्थगित, ६४ प्रतिशत मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  देशभरका गरी ७७ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।

निर्वाचन आयोगले १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका गरी कुल ७७ वटा मतदान केन्द्रमा दलहरूको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको हो ।

निर्वाचन आयोगले राति १० बजे अपडेट गरेको यो आ‌ंकडा हो ।

कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि बताए ।

त्यस्तै, आयोगले करिव ६४ प्रतिशत मतदान भएको पनि जनाएको छ । यद्यपि, यो प्रारम्भिक आंकडा मात्र भएको आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ५७ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका