मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ? | Khabarhub Khabarhub

मतदाताले ध्यान दिनुपर्ने कुरा के के हुन् ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो पतिक्षाको दिन आइपुगेको छ। शुक्रबार देशभरका ७५३ स्थानीय तहमा एकसाथ मतदान हुँदैछ। दलको प्रचार दुई दिनदेखि रोकिएको छ। एक दिन मतदान गरेर पाँच वर्षलाई नेतृत्व चयन गर्ने जिम्मेवारी आम मतदाताको हातमा आइपुगेको छ।

यस्तो महत्वपूर्ण दिनलाई कसरी सदुपयोग गर्ने भन्ने महत्वपूर्ण जिम्मेवारी आम मतदातामा रहेको छ। मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ।

मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये एक लिएर जान आयोगको अनुरोध गरेको छ।

मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन। यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ।

आयोगले मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ। मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने पाए पनि यो चिह्नमा मत गर्नुपर्छ भनेर कसैलाई पनि भन्न पाइने छैन।

आयोगले मतदानको दिन गाडी प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख गरेको छ।

कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ। छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन्। शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकसाथ देशभर मतदान हुँदैछ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : १० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न