जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने | Khabarhub Khabarhub

जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् ।

बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् ।

विज्ञप्ति जारी गर्दै सुनकले ‘बेलायती जनताको अपेक्षा पूरा गर्न’ आफू केन्द्रित रहेको बताएका छन् । यद्यपि प्रधानमन्त्री जोनसन र अर्थमन्त्री सुनकले लकडाउनमा पार्टी गरेको विषयमा प्रहरीले जरिवाना तिराएपछि यसबारे माफी भने मागेको बीबीसीले जनाएको छ ।

यसअघि प्रहरीले प्रधानमन्त्रीलाई जरिवाना तिराउने समाचार सार्वजनिक भएलगत्तै विपक्षी लेबर पार्टीका नेता सर केर स्टारमरले बोरिस जोनसनले जनतालाई बारम्बार ढाँटेको र कानून उल्लङ्घन गरेको भन्दै राजीनामा दिन आह्वान गरेका थिए ।

त्यस्तै, स्कटल्याण्डकी प्रथममन्त्री निकोला स्टर्जन र स्कटिश नेशनल पार्टी एसएनपीले पनि प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन आह्वान गरेका थिए । यसबाहेक लिबरल डेमोक्र्याट र वेल्शमा सक्रिय प्लेइड कमरीलगायतका पार्टीले पनि जोनसनलाई राजीनामा दिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

मंगलबार लण्डनको मेट्रोपोलिटन प्रहरीले प्रधानमन्त्री, प्रधानमन्त्रीकी श्रीमती र अर्थमन्त्रीले लकडाउनको उल्लङ्घन गर्दै पार्टी गरेकोमा जरिवाना तिराउने समाचार सार्वजनिक भएको थियो ।

यससँगै कानून उल्लङ्घन गरेपछि दण्ड पाउने उनी पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : २६ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार