अल्कोहलको लत लागेपछि… | Khabarhub Khabarhub

अल्कोहलको लत लागेपछि…


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड एक्ट्रेस श्रुति हासनले अल्कोहलको लतले आफूलाई कामबाट टाढा बनाएको बताएकी छिन् । उनले लक्ष्मी प्रसन्नासँगको अन्तर्वार्तामा अल्कोहलको लत लागेको स्वीकार गर्दै त्यस बेलाको समयलाई सम्झिएकी हुन् । ‘एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण फिल्मबाट नै ब्रेक लिएँ’ उनले कुराकानीको क्रममा भनेकी छिन् ।

अल्कोहलले कामबाट टाढा बनाउन थालेपछि आफू विस्तारै त्यहाँबाट बाहिर आएको बताइन्। ‘मैंले अल्कोहलको लत छुटाउन सफल भएपछि बल्ल त्यो समयलाई समीक्षा गर्न सकेकी छु’ उनले भनिन् । पछिल्लो समय उनी एकपछि अर्को फिल्ममा व्यस्त छिन् । प्रभाससँग अभिनय रहेको उनको फिल्म ‘सलार’ आउँदो वर्ष प्रदर्शनमा आउने छ ।

उनी साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगीतकार पनि हुन्। उनले आफ्नो पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षमै गीत गाएकी थिइन् । फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले फिल्म ‘रमैया वस्तावैया’ मा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : ४९ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न