रतन टाटाले पारिवारिक व्यवसायलाई कसरी अन्तर्राष्ट्रिय साम्राज्यमा परिणत गरे ? | Khabarhub Khabarhub

रतन टाटाले पारिवारिक व्यवसायलाई कसरी अन्तर्राष्ट्रिय साम्राज्यमा परिणत गरे ?


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९५५ तिरको कुरा हो, रतन टाटा त्यसबेला न्युयोर्कस्थित रिभरडेल कन्ट्री स्कुलमा अध्ययनरत थिए। उनले त्यहीबाट आफ्नो स्नातक पनि सकाए।

रतनको स्कुलमा वार्षिक पुस्तक छापिन्थ्यो, जसमा शिक्षकहरूले विद्यार्थीहरूबारे केही लेख्थे। सोही वर्ष रतनबारे पनि लेखिएको थियो।

उनको स्वभाव र व्यवहारबारे त्यो वार्षिक किताबमा लेखिएको थियो, ‘रतनको मनमोहक र नम्र चरित्रले उनलाई सफलता दिलाउने निश्चित छ। यदी उसले यो चरित्र र विद्यालाई पूर्ण विकास गरिरह्यो भने हामीलाई पूरा विश्वास छ उसको जीवन निकै सम्पन्न र उपयोगी हुनेछ।’

त्यो किताबमा उनको उपस्थिति, बानी–व्यवहार र सपनाबारे पनि लेखिएको थियो। रतनबारे जे लेखिएको थियो, त्यो पढ्दा यस्तो लाग्छ कि उनी किशोरावस्थामा निकै प्रभावशाली छात्र थिए। तर अहिले आफ्नो राष्ट्र र महादेशमा उनको जुन प्रभाव छ त्यसबेला यस्तो प्रभावशाली हुन्छन् भन्ने कसैले सोचेकै थिएन होला।

गत डिसेम्बर २८ मा ८४ वर्ष लागेका रतन भारतीय उद्योगपति, परोपकारी र टाटा सन्सका पूर्व अध्यक्ष हुन्।

रतन सन् १९९० देखि २०१२ सम्म टाटा ग्रुपका अध्यक्ष थिए। त्यसपछि सन् २०१६ को अक्टोबरदेखि २०१७ को फेब्रुअरीसम्म अन्तरिम अध्यक्षको रूपमा कार्यरत थिए। हाल भने उनी यसको परोपकारी ट्रस्टको नेतृत्व गरिरहेका छन्।

टाटाको कार्य क्षेत्रफल फराकिलो छ। यस कम्पनीले संसारभर विभिन्न होटल, रसायनिक कम्पनी, सञ्चार सञ्जाल र उर्जा प्रदायक कम्पनी किनेको छ। हालैमात्र पनि टाटाले भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डियालाई किनेको छ। यसले टाटाको यातायात पोर्टफोलियोलाई आकार दिने र बलियो बनाउने निश्चित छ।

टाटा सन्सका अध्यक्ष इमेरिटस रतन टाटाको लागि एयरलाइन्सको पुनरागमन महत्त्वपूर्ण छ। यसको पुनरागमनलाई उनले आफ्नो पुर्खाहरूको सम्मानको रूपमा लिएका छन्। किनकी सन् १९३२ मा एयर इन्डियाको स्थापना उनका काका जहांगीर रतनजी दादाभाई टाटा(जेआरडी)ले गरेका थिए। त्यतिबेला उनले टाटा एयरलाइन्सको नामबाट विमान कम्पनीको स्थापना गरेका थिए। रतन जेआरडीलाई काका मात्रै होइन, आफ्नो गुरू समेत मान्छन् ।

एयर इन्डियाको पहिलो विमान जेआरडीले नै उडाएका थिए। उनी आफ्नो नियमित बैठकहरूमा जानको लागि उडान भर्थे।

दोस्रो विश्व युद्धपछि यो एयरलाइन्स पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको थियो। तर कोरोना महामारीको समयमा एयरलाइन्सले ठूलो घाटा व्यहोर्नुपरेपछि टाटा सन्सले त्यसलाई पुनः खरिद गरेको हो। टाटा सन्सले १८० बिलियन भारूमा यो एयरलाइन्स किनेको हो। योसँगै टाटाले एक पटक गुमाएको एयरलाइन्स कम्पनीलाई नयाँ स्थानमा पुर्‍याउने अर्को मौका पाएको छ।

‘कुनै समय जेआरडीले नेतृत्व गरेको एयर इन्डियाले संसारको सबैभन्दा प्रतिष्ठित एयरलाइन्समध्ये एकको रूपमा ख्याति कमाएको थियो’, रतन टाटाले अधिग्रहण गरेपछि जारी गरेको एक विज्ञप्तिमा भनेका छन्, ‘अहिले हामीले पुनः त्यस्तै छवि र प्रतिष्ठा प्राप्त गर्ने अवसर पाएका छौं।’

नम्र सुरुवात

टाटा ग्रुपको विशेषता भनेको यसले कम्पनीहरू खरिद गर्दै त्यसलाई रूपान्तरण गर्नु हो। रतनको निर्देशनमा टाटा ग्रुपले उल्लेखनीय रूपमा सुधार गरेको छ। उनले देखाएको बाटोले कम्पनीलाई अघि बढ्न मद्दत मिलेको छ। यसलाई आजको स्थानसम्म पुर्‍याउन रतन टाटाले निकै मिहिनेत गरेका छन्।

टाटा ग्रुपको सुरुवात कसरी भयो?

टाटा ग्रुपको सुरूवात रतन टाटाका बुवा जमशेदजीले गरेको हो। जमशेदजीले सन् १८६८ मा पारिवारिक व्यवसाय सुरू गरेका थिए। त्यसैलाई टाटा ग्रुपको प्रारम्भिक दिन मान्न सकिन्छ। त्यसपछि उनले एक कपडा मिल खोले जहाँ नियम तोड्दै श्रमिकहरूलाई पेन्सन र दुर्घटना क्षतिपूर्ति दिने थाले।

अहिले टाटा ग्रुपका कम्पनीहरू ६ महादेशका एक सय बढी राष्ट्रहरूमा सञ्चालन भइरहेको छ। यसले उर्जा, अटोमोटिभ, इन्जिनियरिङ र सूचना प्रविधिलगायत समाजका विभिन्न क्षेत्रमा कम्पनीहरू सञ्चालन गर्दैछ। सन् २०२०–२०२१ मा टाटा कम्पनीहरूको राजस्व १०३ बिलियन अमेरिकी डलर पुगेको थियो भने विभिन्न क्षेत्रका कम्पनीहरूमा ८ लाखभन्दा बढी कर्मचारी संख्या पुगेको थियो। सार्वजनिक रूपमा सूचीबद्ध २९ वटा टाटा उद्यमहरूको संयुक्त बजार पूँजी मात्र २४२ बिलियन अमेरिकी डलर छ।

रतन टाटाले सन् १९५९ मा कर्नेल विश्वविद्यालयबाट वास्तुकला र संरचनात्मक इन्जिनियरिङमा डिग्री गरेका छन्। सुख–सुविधामा हुर्किएका र पढाईको पृष्ठभूमी राम्रो भएपनि उनले आफ्नो करिअर टेल्को (अहिलेको टाटा मोटर्स)बाट सुरू गरे। उनले त्यहाँ भुइँ पुछ्ने काम थाले। त्यसपछि उनले टाटा स्टिलमा चुनढुंगा फाल्ने काम गरे।

यसैगरी विभिन्न क्षेत्रमा काम गरेका रतन सन् १९८१ सम्ममा टाटाको अध्यक्ष भइसकेका थिए। उनी जेआरडीको उत्तराधिकारी भएर सन् १९९० देखि २०१२ सम्म टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको अध्यक्ष भएर सन् २०१२ मा सेवानिवृत्ति भए।

रतनको कार्यकालमा टाटा ग्रुपको राजस्व बढेको थियो। सन् २०११–२०१२ मा यसको कुल राजस्व एक सय बिलियन अमेरिकी डलरभन्दा बढी भएको थियो।

रतन टाटा साँच्चै दूरदर्शी छन्। उनको निर्देशनमा कम्पनी ’रिभर्स उपनिवेशवाद’ को लागि परिचित बन्यो। टाटा ग्रुपले सन् २००० मा चिया कम्पनी टेट्ली, सन् २००७ मा एङ्गलो–डच कोरस ग्रुप र सन् २००८ मा ज्यागवार ल्यान्ड रोवर खरिद गर्यो। टाटाले चिया कम्पनी ४०७ मिलियन अमेरिकी डलरमा, एङ्गलो–डच कोरस ग्रुप १२ बिलियन अमेरिकी डलरमा र ज्यागवार ल्यान्ड रोवर २.३ बिलियन अमेरिकी डलरमा खरिद गरेको हो।

एक्लो जीवन

रतन टाटा अविवाहित छन् । पारिवारिक व्यवसायमा करिअर बनाएपछि व्यवसायको उत्तराधिकारी रोज्नु र काम सुम्पने जिम्मेवारी निकै ठूलो हुन्छ। रतन टाटालाई पनि आफ्नो व्यवसाय सुम्पिन उनको उत्तराधिकारीको खाँचो देख्ने समाज थियो तर उनले यो अनुरूपको आवश्यकतालाई प्रतिरोध गरे र जीवनभर विवाह नगरी बसे।

उनले विवाह नगर्नुलाई धेरैले उनको आमा–बुवाको सम्बन्धसँग जोडेर हेरेका छन्। उनको आमा–बुवाको विवाह सम्बन्ध टुटेको थियो। यसैकारण रतनले विवाह नगरेको भन्दै अनुमान लगाउने धेरै छन्। तर रतन आफूले विवाह नगर्नुको कारण अभिभावक नभएको बताउँछन्।

उनले एकपटक उनको विवाहको तयारी भएको र कार्ड समेत छापिएको खुलासा गरेका छन्।

‘कलेजपछि मैले वास्तुकलासम्बन्धित लस एन्जल्समा काम पाएको थिएँ। जहाँ मैले दुई वर्ष काम गरेँ’, रतनले ‘ह्युमन अफ बम्बे’ नामक एउटा फेसबुक पेजको लागि पोस्टमा लेखेका छन्, ‘लस एन्जल्समा हुँदा म एक जना केटीसँग प्रेममा थिएँ। उनीसँग मेरो लगभग विवाह नै हुने कुरा भयो तर त्यहीबेला हजुरआमाको खराब स्वास्थका कारण म भारत फर्कनुपर्‍यो।’

त्यसपछि उनी अस्थायी रूपको लागि मात्र भएपनि भारत फर्किने निर्णय गरे। उनले पोष्टमा थप लेखेका छन्, ‘मैले सोचेको थिएँ कि मैले माया गर्ने मान्छे, जोसँग मेरो विवाह हुँदै थियो उनी पनि मसँगै आउँछिन्। तर उनको परिवारले त्यसलाई उचित ठान्नेन। यसरी हाम्रो सम्बन्ध पनि टुट्यो।’

रतनका अनुसार केटी पक्षको परिवारले भारतमा सँगै जान नदिनुको कारण सन् १९६२ मा जारी चीन–भारत युद्ध थियो। धेरैलाई यो अनौठो लाग्न सक्छ होला, एउटा युवा पुस्ताको पुरूषले हजुरआमाको लागि आफ्नी प्रेमिकालाई नै छाडिदिए।

तर रतनको हजुर–आमाप्रतिको कृतज्ञताको ऋण गहिरो छ। उनी १० वर्षको हुँदा उनका आमा–बुवाको सम्बन्धविच्छेद भयो। त्यसपछि उनको रेखदेखको सम्पूर्ण जिम्मेवारी उनको हजुरआमा नवजैबाईले नै लिइन्। नवजैबाईले नै रतन र उनको सानो सौतेनी भाइ नोएललाई हुर्काइन्।

आमा–बुवाको सम्बन्धविच्छेदले रतनलाई निकै पीडा दियो तर यसले उनलाई थुप्रै पाठहरू सिकायो। हजुरआमासँग हुर्किँदा रतनले अझ बढी सिके। रतनकी आमाले केही समय पछि फेरि विवाह पनि गरिन्।

‘आमाले दोस्रो विवाह गर्नुभएपछि स्कुलमा केटाहरूले हाम्रो बारेमा अनेक कुरा गरे। उनीहरू निकै आक्रामक तरिकाले प्रस्तुत हुन थाले तर हजुरआमाले हामीलाई जुनकुनै हालतमा आफ्नो मर्यादा कायम राख्न सिकाउनुभयो। जुन मूल्य आजसम्म मसँग रहिरहेको छ। त्यसमा यस्तो परिस्थितिहरूबाट टाढै रहने जस्ता कुराहरू समेटिएको थियो’, रतनले आफ्नो हजुरआमाले सिकाएको पाठबारे भनेका छन्।

टाटा समाजको समस्या अध्ययन गर्न र यसको दिगो समाधानहरू खोज्न सक्रिय छ। यसले आफ्नो धेरैजसो समय र पुँजी यसैमा खर्चिन्छ। टाटाको यही कार्यको लागि उपभोक्ता एवम् मानिसहरू कम्पनीको प्रशंसा गर्छ। द सिइओ म्यागेजिनका अनुसार टाटाको यिनै क्रान्तिकारी दृष्टिकोणको प्रशंसा गरिएको हो।

रतनले विभिन्न समय आफ्नो अडान लिएका छन्र आवश्यक परे लडेका समेत छन्। त्यसका बावजुड उनले सन् २०१२मा राजीनामा दिन पर्‍यो। किनकी कम्पनीको नियमअनुसार ७५ वर्षपछि कम्पनी चलाउन नपाइने उल्लेख थियो। त्यसपछि उनको ठाउँमा नयाँ अध्यक्षको आवश्यकता थियो। कम्पनीले साइरस मिस्त्रीलाई अध्यक्ष चुन्यो। किनभने, उनका बुवा पल्लोनजी मिस्त्री टाटा व्यावसायको १८.५ प्रतिशत हिस्सेदार थिए।

साइरसकी बहिनी अल्लु र रतनको सौतेनी भाइ नोएलले पनि वैवाहिक सम्बन्ध गाँसेका थिए। यस हिसाबमा पनि टाटा र मिस्त्रीबीच पारिवारिक सम्बन्ध छ।

तर सन् २०१६मा साइरसलाई कम्पनीको अध्यक्षबाट बर्खास्त गरेपछि दुई परिवारबीचको पुरानो सम्बन्ध टुट्यो। आफूलाई अन्याय गरेको भन्दै साइरसले सो मुद्दालाई सर्वोच्च अदालतसम्म पुर्‍याए तर फैसला रतन टाटाको पक्षमा भयो।

अदालतको फैसलापछि रतनले भनेका थिए, ‘मेरो निष्ठा र टाटा ग्रुपको नैतिक आचरणमा अथक हमलाहरू प्रहार भए तर फैसला हाम्रो पक्षमा आएसँगै को सच्चा भन्ने प्रमाणित भएको छ।’

अरूलाई दिन मात्रै जाने

रतन टाटाले आफ्नो जीवनको अधिकांश समय टाटा कम्पनीको लागि समर्पित गरे। भारतमा नामी उद्योगपति उनी धनी व्यक्तिहरूको सूचीको शीर्ष २०मा पर्छन् भन्नेमा सबै विश्वस्त थिए। तर हालै सार्वजनिक ’आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच २०२१’ को सूचीमा रतन ४३३ औं स्थानमा परेका छन्।

सन् २०२० मा उनी १९८ औं स्थानमा थिए। उनी आफ्नो साम्राज्य सञ्चालन गर्नुका साथै उदार हृदय भएका परोपकारी व्यक्ति हुनाले पनि यस्तो भएको मानिएको छ।

टाटा ग्रुपको कामहरू हेर्दा यस्तो लाग्छ कि यसले अरूको जीवन र उनीहरूको दैनिकी सुधार गर्न प्रतिबद्ध छ। जब जमशेदजीले पारिवारिक कम्पनी स्थापना गरे, उनले त्यसबाट कमाएको अधिकांश हिस्सा टाटा ट्रस्टहरूलाई दान गर्ने निर्णय गरे र अहिले पनि टाटा सन्सको इक्विटीको ६६ प्रतिशत टाटा ट्रस्टको स्वामित्वमा छ।

टाटा ट्रस्ट विभिन्न देशहरूमा प्राविधिक केन्द्रहरूको निर्माणदेखि विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनसम्म लागि परेको छ। यसले पूर्व–भारतीय राष्ट्रपति केआर नारायणलगायत अन्य थुप्रै बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छ। टाटा ट्रस्टले खेलकुदमा इच्छुक बालबालिकाहरूलाई आवश्यक स्रोत र शिक्षा उपलब्ध गराएको छ।

यतिमात्र होइन, हालसालै कोभिडविरुद्ध लड्न टाटा ट्रस्टले १५ बिलियन भारु अर्थात्, २०१ मिलियन अमेरिकी डलर दान गरेको छ। टाटा कहिल्यै पनि आवश्यक परेको स्थितिमा पछि हटेन र आफूले सक्ने ठाउँमा मद्दत गरिरहेको छ।

‘कुनै समय पसलको भुइँ सफा गर्ने काम गर्थेँ। त्यसबेला मैले कम भाग्यमानी मानिसहरूको दुःख र कठिनाइलाई नजिकबाट नियाल्ने मौका पाएँ। अहिले पनि उनीहरूको जीवन देख्छु। त्यसैले उनीहरूको जीवनमा कसरी हुन्छ सुधार गर्नमा आफूलाई समर्पित गर्दैछु,’ रतन टाटाले स्ट्यानफोर्ड सोशल इनोभेसन रिभ्यूलाई भनेका छन्, ‘तपाई साँच्चै समाजमा केही परिवर्तन ल्याउन इच्छुक हुनुहुन्छ तर यदि तपाईले कुनै प्रभाव पार्न सक्नुभएन भने त्यो बेकार हो।’

टाटा समाजको समस्या अध्ययन गर्न र यसको दिगो समाधानहरू खोज्न सक्रिय छ। यसले आफ्नो धेरैजसो समय र पुँजी यसैमा खर्चिन्छ। टाटाको यही कार्यको लागि उपभोक्ता एवम् मानिसहरू कम्पनीको प्रशंसा गर्छ। द सिइओ म्यागेजिनका अनुसार टाटाको यिनै क्रान्तिकारी दृष्टिकोणको प्रशंसा गरिएको हो।

रतनले संसारको सबैभन्दा शक्तिशाली र गतिशील कम्पनीमध्ये एउटा कम्पनी, टाटाको विस्तार मात्र गरेनन् उनले आफ्नो परोपकारी भाव र कार्यहरूमार्फत लाखौं भारतीयहरूको जीवनमा सकारात्मक प्रभाव पारेका छन्।

टाटाले गुगुल, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र अन्य सरकारी एजेन्सीहरूसँग समेत साझेदारीमा काम गरिरहेको छ। जसले यसको समग्र दृष्टिकोणबारे बुझ्न मद्दत मिल्छ।

टाटा पशु कल्याणसम्बन्धी पनि उत्तिकै सक्रिय छ। विशेषगरी सडकका कुकुरहरूको अवस्थालाई सहानुभूतिपूर्वक हेर्छन्। रतन टाटा आफैंले पनि कुकुर पालेका छन्। त्यसैले उनको सम्बन्ध कुकुर र पशुहरूसँग बेग्लै छ।

‘जनावरहरूले पनि निकै दुःख भोग्नुपर्छ। तीमध्ये जनावरलाई मानिसले बाटोमै छाडेको देख्दा मेरो मुटु साँच्चै टुट्छ,’ रतनले आफ्नो इन्स्टाग्राममा पोस्टमा लेखेका थिए, ‘आज उनीहरूसँग घर छ अनि भोलि हुँदा उनीहरू घरबिहीन हुन्छन्। कस्तो हुन्छ होला उनीहरूलाई, म त्यो कल्पना पनि गर्न सक्दिनँ।’

रतनले सन् २०१९ मा मात्रै इन्स्टाग्राम अकाउन्ट खोलेका हुन्। उनले अकाउन्ट खोलेसँगै धेरैले आश्चर्य माने। किनभने उनलाई प्रायःले लजालु र एक्लै बस्न रूचाउने स्वाभावको व्यक्ति ठान्थे।

इन्स्टाग्राम खोलेपनि उनको पोस्ट र अन्य गतिविधि देखेर उनको जीवनमा परिवारको विरासतको महत्व र प्रभावबारे बुझ्न सकिन्छ। झन्डै ८५ औं बसन्त पार गरिसकेका रतनलाई हेर्दा अझैं पनि उनी महत्वाकांक्षी र लक्ष्य बोकेका व्यक्ति हुन् भन्ने साबित हुन्छ।

‘सानो हुँदा मैले पियानो बजाउन पनि सिकेको थिएँ,’ इन्स्टाग्राम पोस्टमा रतन टाटाले लेखेका छन्, ‘मेरो सेवानिवृत्तिपछि मेरो भेट एक महान् पियानो गुरुसँग भयो। उनीसँग पियानो सिक्न खोज्दैछु। तर दुवै हातमा उत्तिकै ध्यान दिन सकिरहेको छैन। फेरि पनि सिकाइलाई निरन्तरता दिने आशा भने राखेको छु।’

रतनले संसारको सबैभन्दा शक्तिशाली र गतिशील कम्पनीमध्ये एउटा कम्पनी, टाटाको विस्तार मात्र गरेनन् उनले आफ्नो परोपकारी भाव र कार्यहरूमार्फत लाखौं भारतीयहरूको जीवनमा सकारात्मक प्रभाव पारेका छन्।

टाटाको जीवन हेर्दा, रिभरडेल कन्ट्री स्कुलमा हुँदा छापिएको वार्षिक पुस्तकमा उनको बारेमा जे लेखिएको थियो, त्यो पक्कै पनि सही प्रमाणित भएको छ। उनले एक ‘उपयोगी जीवन’ बिताएका छन्। द सिइयो म्याग्जीनबाट

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ११ : ४७ बजे

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय