दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्नुपर्नेमा देउवाकाे जाेड, सभामुख सापकोटा र रादूत यान्छीबीच भेटवार्ता, शीतल निवास अगाडि निहारिका राजपुतद्वारा आत्मदाह प्रयास, मिटरब्याजी पीडितहरूसगँ सरकारले वार्ता गर्ने, थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल, थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, जनैपूर्णिमा पर्व मनाइयो लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्नुपर्नेमा देउवाकाे जाेड
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सवै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका छन।

अन्तराष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषद्ले पाएको भन्दै शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सवै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।

त्यस्तै कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले देशलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउने कार्यभार युवाहरुमा रहेको बताए । उनले देशलाई विश्वको समृद्ध राष्ट्रको देशमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता रहेको र यसका लागि मुलुकको स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गरे ।

सभामुख सापकोटा र रादूत यान्छीबीच भेटवार्ता
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छिन्।

लैनचौरस्थित सभामुखको सरकारी निवासमा आज बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको धारणा राखेका थिए । यता राजदूत यान्छीले पनि नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् ।

शीतल निवास अगाडि निहारिका राजपुतद्वारा आत्मदाह प्रयास
न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ ।

राष्ट्र्रपति भवन शीतल निवास अगाडी आज दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले , आफू १७ वर्षको हुदाँ शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेकोदाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सरकारसगँ भएको ५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै पुन अनशन सुरु गरेकी हुन् । अनशनका क्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनशन तोडाएको थियो ।

मिटरब्याजी पीडितहरूसगँ सरकारले वार्ता गर्ने
मिटरब्याजी पीडितहरूसगँ सरकारले वार्ता प्रक्रिया अघि बढाएको छ । नवलपरासीका मिटरव्याजी पिडितहरु निरन्तर संघर्षमा उत्रिएपछि सरकारले आज गृहमन्त्रायलमा वार्ता गरेको हो ।

पीडितहरूको तर्फबाट संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित सातजना वार्तामा सहभागी भएका थिए । उनीहरुले सरकारसगँ भूमिहिन बनाइएका किसान–मजदुरको जमिन, ज्यादा लिइएको पैंसा फिर्ता हुनुपर्ने , मिटरव्याजी साहुको निरन्तरको मानसिक प्रताडनाका कारण मृत्यु भएका किसानहरूको छानविन गरि क्षतिपूर्ति प्रदान गरिनुपर्ने लगायतका माग राखेका थिए ।

वार्ता पुन सोमबारका लागि बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान गृहमन्त्री बालकृष्ण खाणसहितलाई तत्काल मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

सो लगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा.भुषालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन । यसअघि पनि असारमा १५ दिनसम्म धर्ना दिएपछि पनि सरकारले पीडितहरूको समस्या सुनुवाइ भएको भन्दै अनुसन्धान गर्ने आश्वासन दिएर घर फर्काएको थियो ।

थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच छलफल
नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच आज छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृहमन्त्रालयमा भएको छलफलमा थारु कल्याणकारीणी सभाले सरकारसँग राखेका मागबारे छलफल भएको हो ।

गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी रहेका थिए ।
थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परिक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

जनैपूर्णिमा पर्व मनाइयो
देशैभरी वैदिक सनातन धर्मावलम्बीले रक्षाबन्धन अर्थात जनैपूर्णिमा पर्व मनाएका छन् । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइएको हो ।

जनैपूर्णिमाको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने प्रचचलन छ ।

यसरी वैदिक मन्त्रोच्चारण गरेको जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ । जनैपूर्णिमाको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

त्यस्तै जनैपूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर, खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

एक वर्षमा साढे तीन अर्ब सुर्ती र सुर्तीजन्य पदार्थ आयात
नेपालमा एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट आयात भएको पाइएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ आयात भएको छ ।

गत वर्ष सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको नेपाल भित्रिएको विभागले जनाएको छ । सोही अवधिमा ३ करोड ८८ लाख ३८ हजार रुपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको छ । पछिल्लो समय नेपालमा हुक्काको पारखीहरु पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाएको छ । गत वर्ष ८ करोड ७८ लाख १४ हजार रुपैयाँको ‘हुक्का फ्लेवर’ भित्रिएको विभागले जनाएको छ ।

भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ आउने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३ अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको थियो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : १३ बजे

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई

इलाममा कति बिक्ला बादल र एकनाथको अनुहार ?

काठमाडौं- नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल