थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु | Khabarhub Khabarhub

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : ३३ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती