ला लिगा : के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?  | Khabarhub Khabarhub

ला लिगा : के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ? 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ ।

प्रशिक्षक कार्लो एन्सेलोटीले इंग्लिस प्रिमियर क्लब चेल्सीका सेन्ट्रल ब्याक एन्टोनियो रुडिगर र मोनाकोका डिफेन्सिभ मिडफिल्डर औरेलियन टिचौअमेनीलाई भित्राउँदै आफ्नो स्क्वाड बलियो बनाएका छन् ।

एन्सेलोटी इतिहासकै लेजेन्डलाई आफ्नो एघारमा फिल्डिङ गर्न सक्छन् । नयाँ अनुबन्ध भएका र यसअघि राम्रो प्रदर्शन गरेका इडुआर्डाे कामाभिङ्गा, फेड भालभर्डे र रोड्रिगोले यस सिजन झनै आशा देखाएका छन् । कतार विश्वकप अघि यी खेलाडीले खेल्ने प्रशस्त मार्ग हुनुपर्छ ।

विश्वास गरिएका युवा स्टार केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न असफल भएपछि फेरि एक पटक एक मात्र सेन्ट्र फरवार्डको जिम्मेवारी करिम बेन्जेमाले पाउनेछन् । लुका जोभिक इटालीयन क्लब फ्लोरेन्टिना प्रस्थान गरेका छन् । यस्तै, एन्सेलोटीले मारियानो डियाजलाई कहिल्यै विश्वास गरेनन् । ३५ वर्षीय खेलाडीबाट धेरै गोलको चाहना गर्नु रियलको लागि प्रश्न उठ्न सक्छ ।

चेल्सीबाट रियल आएका क्षमतावान इडेन हाजार्डले अघिल्लो सिजन स्तब्ध पूर्ण प्रदर्शन गरे । इन्जुरीका कारण गत सिजन उनले जम्मा ६ गोल गरे । तर, अहिले हाजार्ड फिट भएका छन् । प्रि सिजनमा उत्कृष्ट प्रदर्शन गरेसँगै एन्सेलोटीको प्लानमा बेल्जियम खेलाडी रहेका छन् ।

यता, गत सिजन बार्सिलोनाको लागि सनसनीपूर्ण रह्यो । अर्थतन्त्रमा समस्या आएपछि गत सिजन बार्सिलोनाले राम्रो प्रदर्शन दिन सकेन । अध्यक्ष जोआन लोपार्टले जुलेस कौन्डे, आन्द्रेअस क्रिस्टेन्सन, फ्रान्क केसिइ, राफिन्हा र रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गरिसकेका छन् ।  यस्तै, मार्काेस ओलोन्सो र बेर्नान्डो सिल्भा भित्रिने योजनामा छन् । औसामाने डेम्बेलेको नविकरणले टोली थप बलियो भएको छ ।

प्रशिक्षक जाभी होर्नान्डेजले प्रत्येक पोजिसनमा दुई बलियो खेलाडी राखेका छन् । रायो भालेकानोविरुद्ध सप्ताहन्तमा मैदान उत्रनु अघि बार्सिलोना अनुबन्ध गर्न पाउनेछ । यद्यपि, ला लिगाले बार्सिलोनालाई बित्तीय नियमहरु लगाउन सक्छ । अगिल्लो सिजन बार्सिलोना गम्भीर आर्थिक समस्यामा परेको थियो ।

अन्तिम सिजन बार्सिलोनाले जाभिको प्रशिक्षणमा २५ लिग खेलमा ५६ अंक जोड्यो । जस क्रममा उसले फेब्रुअरी र अप्रिलमा रियल मड्रिडलाई बर्नाबेउमा ४–० ले हरायो । तर, उसले केहि खराव प्रदर्शन पनि गर्याे । काडिज र रायो भालेकानोसँग पराजित भयो । यस्तै, युरोपा लिगमा फ्राङ्कफुर्टसँग पराजित हुन पुग्यो ।

जाभीले सिधा झै ४–३–३ को पोजिसन रोज्नेछन् । जाभीसँग अट्याक लाइनमा बहुमुखी प्रतिभाका रोबर्ट लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाति, फेरान टोरेस र पियरे इम्रिक औवामेयाङ रहेनछन् । उनले यिनीहरुलाई अग्रपंक्तिको जुनसुकै पोजिसनमा खेलाउन सक्छन् ।

यो टिमले पक्कै लिग जित्न धेरै गोल गर्न सक्नुपर्छ । तर, के बार्सिलोनाले अन्य टोलीलाई रोक्न सक्ला ? काउन्टर खेल बार्सिलोनाको लागि सधैँ घातक बन्दै आएको छ । तर, तल्लोक्रमका कौन्डे र रोनाल्ड अराउजोले जाभिको रणनीतिलाई साथ दिने आशा गर्न सकिन्छ ।

ला लिगा २०२२–२३ को सिजन आज रातिबाट सुरु हुँदैछ । पहिलो खेलमा ओसासुना र सेभिया प्रतिस्पर्धा गर्देछन् । यस्तै, भोलि हुने खेलमा बार्सिलोनाले नेपाली समय अनुसार राति पौने १ बजे रायो भालेकानो सँग भिड्ने तालिका छ । आइतबार साविक विजेता रियल मड्डिडले यूडी अल्मेरियाको सामना गर्दैछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ३१ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज