क्वाँटी वर्षमा एक दिन होइन, सँधै खानुपर्छ | Khabarhub Khabarhub

क्वाँटी खाने दिन

क्वाँटी वर्षमा एक दिन होइन, सँधै खानुपर्छ

‘बालबालिकालाई कुपोषणबाट बचाउन क्वाँटी खुवाउनुपर्छ’


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन पनि सकिंदैन ।

टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु । समय समयमा खाइरहनुपर्छ । अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ । टुसा उम्रेपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि धेरै फाइदाजनक हुने पोषणविद् उमा कोइराला बताउँछिन् ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्व सजिलै प्राप्त गर्न सकिन्छ ।

भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्व झन् धेरै बढ्छ । गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ ।

अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ । हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ, जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ ।

बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्ने कोइरालाको भनाई छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ ।

कति मात्रामा खाने ?
क्वाँटीबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ । युरिक एसिड बढ्ने डर हुन्छ ।

यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी खाँदा त्यसले मिर्गौलालाई असर गर्छ । त्यसैले जसलाई यस्ता रोग लागेको उनीहरुले थोरै मात्रामा खानुपर्छ ।

क्वाँटी खानुको फाइदा

बालबालिकाको वृद्धि विकासमा सहयोग गर्नाको साथै कुपोषणबाट बचाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

स्मरणशक्ति वृद्धि तथा मानसिक स्वास्थ्यमा सुधार ।

तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।

मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।

रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।

कब्जियत हटाउनुका साथै पाचनशक्तिमा सुधार गर्छ ।

मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ ।

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ ।

पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ०० बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय