ललितपुरमा निर्वाचनको तयारी पूरा | Khabarhub Khabarhub

ललितपुरमा निर्वाचनको तयारी पूरा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनको ललितपुर जिल्लाका ६ वटै पालिकामा सम्पूर्ण तयारी पूरा भएको छ ।

ललितपुरका २८८ मतदान केन्द्रमा रहेका १३१ मतदानस्थलमा एक हजार ४३३ कर्मचारी पुगेर मतदानको तयारी पूरा गरेको जिल्ला निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् ।

ललितपुरमा २०७४ को निर्वाचनपछि अहिलेका निर्वाचनसम्ममा ३० हजार ८११ जना नयाँ मतदाताले मतदान गर्ने उनले जनाइन् ।

महानगर, नगरपालिका तथा गाउँपालिकाका सबै मतदान केन्द्रमा कर्मचारीले नयाँ मतदाता तथा परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गर्ने, मतदाता शिक्षा दिने र भोलि हुने मतदानका लागि बुथ निर्माण कार्य भइरहेको छ ।

ललितपुरमा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रोलिङ्गी एक गरी कुल दुई लाख ४३ हजार ८८४ मतदाता छन् ।

ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९०, महालक्ष्मी नगरपालिकामा पुरुष १७ हजार ५४८, महिला १९ हजार ११९ गरी कूल ३६ हजार ६६७, गोदावरी नगरपालिकामा पुरुष २६ हजार ६२९, महिला २७ हजार ७६९, तेस्रोलिङ्गी एक गरी कूल ५४ हजार ३९९ जना मतदाता रहेका छन् ।

त्यस्तै, कोञ्ज्योसोम गाउँपालिकामा पुरुष चार हजार ३१२, महिला चार हजार २७६ गरी कुल आठ हजार ५८८, बागमती गाउँपालिकामा पुरुष पाँच हजार ९६०, महिला ६ हजार ३६८ गरी कुल १२ हजार ३२८ र महाङ्काल गाउँपालिकामा पुरुष चार हजार ६२३, महिला चार हजार ३८९ गरी कुल नौ हजार १२ जना मतदाता पुगेको प्रमुख घिमिरेले जानकारी दिइन् ।

ललितपुर महानगरपालिकामा ५२ मतदानस्थल र १३७ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा १८ मतदानस्थल र ४३ वटा मतदान केन्द्र, गोदावरी नगरपालिकामा ३१ मतदानस्थल र ६६ मतदान केन्द्र, कोञ्ज्योसोम गाउँपालिकामा सात मतदानस्थल र १२ मतदान केन्द्र, बागमती गाउँपालिकामा १३ मतदानस्थल र १७ मतदान केन्द्र, महाङ्काल गाउँपालिकामा १० मतदानस्थल र १३ मतदान केन्द्र रहेका छन् ।

त्यस्तै ललितपुरमा ५० मतदानस्थल संवेदनशीलको सूचीमा छन् । भौगोलिक विकटता, यातायात, सञ्चार, जनघनत्व एवं विरोधीको गतिविधिका आधारमा संवेदनशील मतदानस्थलको सूची सुरक्षा संयन्त्रले तयार पारेको छ ।

त्यस्ता मतदान केन्द्रमा बढी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने बुथको सुरक्षामा घेरामा रहेर म्यादी प्रहरी पहिलो घेरा, नेपाल प्रहरी दोस्रो घेरा र सशस्त्र प्रहरीले तेस्रो घेरामा रहेर सुरक्षा दिने र नेपाली सेनाको टोली समेतको सुरक्षा व्यवस्था मिलाएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ९ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन