बबरमहलमा सम्झना राजभण्डारीको प्रिन्ट सम्बन्धी कला प्रदर्शनी | Khabarhub Khabarhub

बबरमहलमा सम्झना राजभण्डारीको प्रिन्ट सम्बन्धी कला प्रदर्शनी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कला परिषद बबरमहलमा सम्झना राजभण्डारीको प्रिन्ट सम्बन्धी कला प्रदर्शनी चलिरहेको छ । प्रदर्शनी यही वैशाख २५ देखि जेठ २ गते सम्म चल्ने भएको छ।  प्रदर्शनीमा वि.सं. १९६५ सालदेखि नेपाल सरकारले चलन चल्तीमा ल्याएका हुलाक टिकटहरुलाई प्रिन्ट मेकिङ्गको माध्यमबाट ठूलो आकारमा बनाइ प्रदर्शनी गरिएको छ।

लामो समयदेखि विभिन्न क्याम्पसहरूमा अध्यापन गराइरहेकी सम्झना हाल पनि श्रृजना फाइन आर्ट्स क्याम्पसमा प्रिन्टमेकिङ्गकै अध्यापिका रहेकी छन् ।

नेपाली कलाको क्षेत्रमा लामो समयदेखि कुची अनि रङ्गमा खेलिरहेकी सम्झना राजभण्डारीले गरेको यो एकल प्रिन्ट कला प्रदर्शनी हो । आफ्ना बुबा स्व.विद्याधिश राजभण्डारीको केही सौख मध्ये नेपालमा पाइने हुलाक टिकटहरू संकलन गर्नु पनि थियो । 

यस प्रदर्शनीमा समावेश गरिएका सबै हुलाक टिकटहरू उडकटको माध्यमबाट बनाइएका हुन् । छपाइमा उडकट पुरानो अनि कम लागतमा पनि गर्न/बनाउन सकिने माध्यमको रुपमा रहेको उनी बताउँछिन् । सामान्यताः लेटर प्रेसमा मसीको नै प्रयोग हुने उडकटमा विभिन्न किसिमको काठ प्रयोग हुने गर्दछ । 

उनले निकालेको प्रत्येक प्रिन्टहरु चार प्रति मात्र बनाउने योजना बनाएकी उनले सबै चित्रहरू २० ग्रामको नेपाली कागजमा बनाएको छ  ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : २९ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको