मुगुका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान  | Khabarhub Khabarhub

मुगुका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुका चारवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको हो । 

छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका चारवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय मुगुका निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले जानकारी दिए ।

निर्वाचनलाई शान्त सुरक्षित भयरहित वातावरणमा सम्पन्न गर्न सबै निर्वाचन कार्यालयमा सीसी क्यामेरा जडान अनिर्वाय गर्नुपर्ने अवस्था भएको हुँदा कार्यालयमा सीसी क्यामेरा जडान गरिएको सापकोटाको भनाइ छ । 

मुख्य निर्वाचन अधिकृतका अनुसार केन्द्रीय निर्देशनअनुसार नै जिल्लाका स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन गरिएको छ ।  सीसी क्यामेरा जडानपछि निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।

त्यस्तै मौसमको बदलीअनुसार निर्वाचन अधिकृतको कार्यालयमा वर्षा हुने सम्भावना भएको हुँदा जिल्लाका मतदान स्थलहरूमा आवश्यकताअनुसारको पाल र अन्य बन्दोबस्त मिलाउन निर्देशन दिइएको छ । 

यदि त्यस्तो भैपरी आउने समस्यालाई समाधान गर्न केही समय निर्वाचनलाई स्थगित गरेर भए पनि व्यक्तिगत घरमा भए पनि निर्वाचन सम्पन्न गर्ने सापकोटाको भनाइ छ ।  

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ४ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०