उल्भ्सलाई हराउँदै सिटी उपाधि नजिक | Khabarhub Khabarhub

उल्भ्सलाई हराउँदै सिटी उपाधि नजिक


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केभिन डी ब्रुयनाको चार गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार उल्भ्सलाई ५-१ ले निराश पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः तीन अंकको अग्रता लिएको छ ।

लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो । चोटका कारण सिटी रुबेन डायस, जोन स्टोन्स र काइल वाल्करविनै मैदान उत्रिएको थियो ।

सातौं मिनेटमा डी ब्रुयनाको गोलमा सिटीले अग्रता लिएको थियो । ११औं मिनेटमा डेनडक्करले उल्भरहमटनलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि नै डी ब्रुयनाको गोलमा सिटीले पुनः अग्रता लियो ।

२४औं मिनेटमा डी ब्रुयनाले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३-१ मा पुर्याएका थिए । ६०औं मिनेटमा डी ब्रुयनाले व्यत्तिगत चौथो गोल पूरा गर्दा सिटी सहज जिततर्फ अघि बढेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङको गोलमा सिटीको फराकिलो जित पक्का गरेका थिए ।

सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा तीन अंक बढी हो । उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमश वेस्ट हम युनाइटेड र एस्टन भिल्लाको सामना गर्नेछ ।

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ३० बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले