यस्तो छ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय (भिडियोसहित) | Khabarhub Khabarhub

यस्तो छ पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय (भिडियोसहित)


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल र सिट बाँडफाँटका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यी निर्णयहरू गरेको हो ।

यस्तो छ पाँच दलीय गठबन्धनको निर्णयः

१. महानगरपालिका/उपमहानगरपालिकाका प्रमुख/उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगरपालिका/गाउँपालिकाका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षको सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई जना प्रतिनिधि रहने ।

५. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्ने ।

६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : ३५ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर