मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौँका धारामा पुग्न दुई साता लाग्ने  | Khabarhub Khabarhub

मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौँका धारामा पुग्न दुई साता लाग्ने 


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाले सुरूङ मार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे । गत २ असारमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागू भएसँगै उनको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो । 

सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो । सोही आधारमा आजबाट पानी सुरूङ मार्गमा पठाइएको हो । उक्त पानी काठमाडौैंमा उपलब्ध हुन भने अझै दुई साता लाग्नेछ । 

बाढीले मेलम्चीको मुहानमा क्षति पुर्‍याएको थियो । उक्त क्षेत्रमा मर्मत सम्भार तथा सर सफाईको काम सकिएको छ । पुल तथा सडक निर्माण लगायतका आवश्यक भौतिक संरचना पुनर्निर्माणको काम भने जारी नै छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरूङ मार्गमा पानी पठाउने काम सम्पन्न भएको बताए । 

उक्त पानी काठमाडौंका धारा धारामा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ । गत चैत १७ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर १७ करोड लिटर पानी पठाइएको थियो ।  

परीक्षणका लागि भन्दै १ असारमा सुरूङमा पानी पठाउन बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्ची आयोजनामा क्षति पुगेको थियो ।  

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : २८ बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा