प्रदीप ऐरीको अर्धशतकसँगै एपीएफको पहिलो जित | Khabarhub Khabarhub

प्रदीप ऐरीको अर्धशतकसँगै एपीएफको पहिलो जित


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपमा पहिलो जित निकालेको छ । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा एपीएफले बंगादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । 

बंगलादेशी क्लबले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १९ ओभरमा ३ विकेट गुमाएर भेटायो । एपीएफका लागि प्रदिप ऐरीले अविजित रहँदै सर्वाधिक ५४ रन र दीपक बोहोराले ४२ रन बनाए ।

प्रदिपले ५८ बलमा ६ चौका प्रहार गरी ५४ रन जोड्न सफल भए । साथै दिपक बोहोराले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे । 

टस जितेर पहिले ब्याटिङ गरेको ट्यालेन्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । ट्यालेन्टका लागि असदुजमान बरेनायोले ३० रन र शरियारे रिमनले २२ रन जोडे ।

एपीएफका लागि प्रदिप ऐरी र भुवन कार्कीले २–२ विकेट लिए । प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ ।

४-४ टोलीलाई ए र बी मा विभाजन गरिएको छ । यो खेल सकिँदा एपीएफ समुह बीको तेस्रो स्थानमा रहेको छ । पराजित बंगलादेशी टोली समुहको पुछारमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ०५ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक