सार्दा सार्दै सकिने डर | Khabarhub Khabarhub

सार्दा सार्दै सकिने डर


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘कबीर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई शाहीद कपूरले प्रस्ट्याई सकेका छन् ।

बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन ,उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । कबीर सिंहलाई जीवन्त बनाउन शाहीदले कुनै कसर बाँकी राखेका थिएनन् । कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहीदले नयाँ उपनाम कबीर सिंह पाए ।

त्यो चर्चालाई उनले उपयोग भने गर्न पाएनन् । शाहीदले अभिनय गरेको साउथको फिल्म ‘जर्सी’ को रिमेक ‘जर्सी’ रिलिज बारम्बार सर्दा यसको असर उनलाई परेको छ । कोरोना भाइरसको महामारीका कारण रिलिज डेट सारिएको फिल्म ‘जर्सीु अप्रिल २२ मा रिलिज हुने भएको छ । साउथ इन्डियन फिल्म’ केजीएफ : च्याप्टर २’ को आक्रामक बुकिङ्गको कारण फिल्मको रिलिज डेट सारियो ।

पछिल्लो फिल्म’ कबीर सिंहले बढाएको शाहीदको हाइप यसै सकिने त होइन भन्ने खतरा मेकरलाई पनि बढ्न थालेको छ । फिल्मको कथावस्तु मन परेर रिमेक नै रोजेका शाहीद अन्यौलमा छन् । उनी रिमेकमा देखिने समयमा नै पुनः किन रिमेकमा देखिँदैछन् रु भन्ने प्रश्नको सामना गरेका थिए । पछिल्लो समय उनले एक अन्तर्वार्तामा जवाफ दिएका छन् ।

‘यो कथाले मलाई छोयो।’ कबीर सिंहपछि रिमेक फिल्ममा काम गर्ने मनसायमा थिएन । त्यसैले फ्रेस स्टोरीको खोजीमा थिए । म सक्कली फिल्म गर्न चाहन्थे ताकि मानिसहरूले नसोचुन् कि म मात्र रिमेक गर्दैछु । तर ,जब मैले यो फिल्म हेरे, यसले मेरो हृदय छोयो’ शाहीदले भने । उनले जर्सीमा आफ्नो चरित्र कबीर सिंह नरहेको बताउँदै भने, ऊ शान्त, अन्तर्मुखी मानिस हो तर उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ ।’

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । त्यसपछि उनी नेशनल टिमसम्म कसरी पुग्छन् ? भन्ने विषयलाई फिल्ममा देखाइएको छ । उनको को–स्टारको रुपमा मृनाल ठाकुर छिन् । जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गरेका छन्।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : १६ बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको