साउथ फिल्मले दियो बलिउडलाई समेत चुनौती | Khabarhub Khabarhub

साउथ फिल्मले दियो बलिउडलाई समेत चुनौती


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ ।

एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन् । रामचरण र जुनियर एनटीआर अभीनीत साउथ फिल्म ‘आरआरआर’ले हालै विश्व बजारमै तहल्का मच्चाइसकेपछि अहिले ‘केजीएफ २’ ले नयाँ रेकर्ड बनाउने अनुमान भइरहेको छ ।

यस्तो अवस्थामा बलिउड स्टारहरुलाई समेत यसले छक्क पार्नु स्वाभाविक हो । केही दिन अगाडि मात्र बलिउड सुपरस्टार सलमान खानले एसएस राजामौली निर्देशित फिल्मलाई बधाई दिँदै तेलुगू फिल्मको सफलतालाई लिएर प्रश्न गरेका थिए । ‘हाम्रा फिल्म उनीहरूको राज्यमा चल्दैन । जबकि, उनीहरूको फिल्म पूरा देशमा सफल भएको छ ’ सलमानले गरेको यो प्रश्नको जवाफ यशले दिएका छन् ।

‘केजीएफ स् च्याप्टर २’ को प्रमोसनकै क्रममा उनले सलमानलाई जवाफ दिएका हुन् ।’हाम्रो फिल्म छिटै अल इन्डिया चल्ने बनेका होइनन् । यसको लागि कडा मेहनत गरेका छौँ । हामीले हिन्दी डबिङ गरेर फिल्म प्रदर्शन गर्दा हाम्रो मजाक पनि उडेको थियो । तर, त्यहीँ कारणले हाम्रो परिचय इन्डिया भर भयो” यशले भने । उनले पछिल्लो समय दर्शकले खोजेको कन्टेन दिन सकेको कारण नै साउथ इन्डियन फिल्म इन्डियासँगै विश्व बजारमा सफल भइरहेको बताए।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ३२ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ