‘रुसबाट तेलको आपूर्ति भारतको हितमा छैन’– ह्वाइट हाउस | Khabarhub Khabarhub

‘रुसबाट तेलको आपूर्ति भारतको हितमा छैन’– ह्वाइट हाउस


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित नहुने अमेरिकाले टिप्पणी गरेको छ । दुई मुलुकका सरकारप्रमुखबीच भएको संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी तेलको आपूर्ति परिमाण बढाउनु भारतको हितमा नभएको बताएका हुन् ।

राष्ट्रपति बाइडेनले रुसबाट तेलको आपूर्ति कटौती गरेको खण्डमा उर्जा विविधीकरणका लागि भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको समेत आश्वासन दिएको ह्वाइट हाउसले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार यसबारे जानकारी दिँदै भनिन्– ‘तेल आयातको माध्यमको विविधीकरण गर्नका लागि सहयोग गर्न हामी तयार छौँ भनेर राष्ट्रपतिले सन्देश दिनु भएको छ ।’

अमेरिकाबाट भारततर्फ हुने आयात अहिले पनि उल्लेखनीय छ, रुसबाट हुने आयात भन्दा निकै धेरै ।’ उनले भनिन्, ‘यो बढाउनु भारतको हितमा नरहेको राष्ट्रपतिले टिप्पणी गर्नुभएको छ ।’

अमेरिकाले भारतलाई रुसी अर्थतन्त्रमा थप दबाब बढाउनका लागि रुसबाट आयात घटाएर सहयोग गर्न आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ११ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६