निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने | Khabarhub Khabarhub

निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- हिमाली जिल्ला मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार शुक्रबार हुने स्थानीय तह चुनावका लागि मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका हुन् । प्रजिअ आचार्यले भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई समस्या नहोस् भनेर प्रवेश खुला गरिएको छ ।

तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइए पनि पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउने भएका हुन् । पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । पर्यटन बोर्डबाट रोड परमिट लिएर आएका पर्यटकले प्रवेश पाउनेछन् ।

पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । 

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ४५ बजे

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको