‘एक असाधारण अन्तर्वार्ता’ मा ६ अद्भूत कथा | Khabarhub Khabarhub

‘एक असाधारण अन्तर्वार्ता’ मा ६ अद्भूत कथा


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनूदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का  शीर्ष कथालगायत ६ कथा समाविष्ट छन् । 

निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन (पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिनुभएको आख्यानकार मानिनुहुन्छ ।  हालसम्म उहाँका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म पनि प्रकाशन भएका छन् । 

आधुनिक चीनका निम्नवर्गीय पात्रहरू जस्तै लठ्यौरा, मूर्ख, बौलाहा आदिको चित्रण गरिएका ती कथामा अद्भूत व्यङ्ग्य पाइन्छ ।  एक कथाको चरित्र अर्काे कथाका चरित्रसँग मिल्दाजुल्दा पनि भेटिन्छन् । 

अनुवादक शर्माले नेपाली समाजसँग पनि मिल्दाजुल्दा ती कथाहरूमा चीनको सांस्कृतिक परिवर्तनदेखि आधुनिक विकाससम्मको पृथक परिचय पाइने बताए। 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ०१ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल