मधेशी आयोगद्वारा लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण | Khabarhub Khabarhub

मधेशी आयोगद्वारा लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामका लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

मधेशी आयोगले जनकपुरधाममा गरेको कार्यक्रममा सय जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले हरसम्भव मधेशी समुदायका व्यक्तिहरूको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

उनले आगामी दिनमा समेत स्रोत र साधनलाई पूर्ण उपयोग गरी अझ प्रभावकारी कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, मधेशी आयोगका सदस्य जिवछ साहले लोकसेवामा पहुँच बढाउनका लागि मधेश समुदायले पुरानो सोच त्याग्नुपर्ने बताए ।

लोकसेवा परीक्षामा आफूहरू नसक्ने सोच त्याग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव रामकुमार महतो, पूर्व उपसचिव एवं शिक्षक उमेशलाल कर्ण, आयोगका सूचना अधिकारी रमेश दासलगायतले विद्यार्थीहरूलाई तयारीसम्बन्धी प्रशिक्षण दिएका थिए । विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : २१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका