सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ | Khabarhub Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बिदाइ गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा सोमबार भएको समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फूलमालाका साथै मायाको चिनो हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् ।

त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि संघकी उपाध्यक्ष ज्योती के.सी.ले फूलमालासहित बिदाइ गरिन् ।

त्यसअवसरमा खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.लाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए ।

उनले संगठनको विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय के.सी. र पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो पनि प्रदान गरे ।

सम्बोधनका क्रममा महानिरीक्षक खनालले राज्यले दिएको जिम्मेवारी निर्वाहका क्रममा प्राणको आहुति दिने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाइते भई अंगभंग भएका राष्ट्रसेवकहरूको समेत स्वास्थ्यलाभको कामना गरे ।

समारोहमा नेपाल सरकार गृहमन्त्रालयका सहसचिव टेकबहादुर के.सी. लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी र सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : २६ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा