आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्र समक्ष सभामुख सापकाेटाको आह्वान | Khabarhub Khabarhub

आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्र समक्ष सभामुख सापकाेटाको आह्वान


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्र समक्ष आह्वान गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महा संघको ५६ औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेको बताए।

सभामुख सापकोटाले निजी क्षेत्रसँग ज्ञान, सीप, प्रतिभा र क्षमता सबै भएको भन्दै वर्तमान आर्थिक जटिलताबाट पार पाउन पनि यस क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राखे।

देशमा लगानी विस्तार तथा अन्य वातावरण बनाउन सभामुखका तर्फबाट खेल्नुपर्ने भूमिका इमान्दार भएर पूरा गर्न आफू तयार रहेको उनको भनाइ थियो । 

सभामुख सापकोटाले निजी क्षेत्रको क्षमतालाई प्रयोग गरेर देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने धारणा राखे । कार्यक्रममा महा संघका अध्यक्ष शेखर गोल्छाले आफूहरु लगानी गर्न तयार रहेको भन्दै लगानीको प्रक्रिया सहज बनाउनुपर्ने बताए । निजी क्षेत्रलाई राजश्वकोे स्रोतका रुपमा मानिएको तर विकासको साझेदार भने नमानिएको उनले बताए ।

त्यस्तै महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको समस्याको पहिचान र त्यसको निरुपणका लागि ढिलाइ गर्न नहुने धारणा राखे ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : ५० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द