सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने « Khabarhub

सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साेमबार बसेको गठबन्धनको बैठकले आपसी मतभेद पन्छ्याउँदै चुनावमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको हो । 

गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, निष्कर्षमा भने पुग्न सकेन । बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने ? भन्नेबारे छलफल भएको थियो । 

उनीहरूबीच पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरू बाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति गरे पनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेन । चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा टुंगो लगाउने उनीहरूको तयारी छ । भोलि बस्ने बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

‘आजको बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । अब चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा निर्णय हुन्छ,’ उनले भने । 

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : ३२ बजे

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै 

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् ।

बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीले शतप्रतिशत प्रोत्साहन पाउने

काठमाडौँ – अब बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारी एवं श्रमिकले

एकै दिन २४ सय ४९ जना सवारी चालकमाथि कारबाही

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ४४९

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

काठमाडौँ- नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी