समितिले तयार पारेको प्रतिवेदन आज गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै  | Khabarhub Khabarhub

समितिले तयार पारेको प्रतिवेदन आज गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै 


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको ‘स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समिति’ले पार्टीका शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको छ  ।

स्थानीय तहमा रहेको गठबन्धनमा रहेका पाँच दलको पछिल्लो अवस्थाको मूल्याङ्कन गरी तयार पारेको सुझावसहितको प्रतिवेदन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले आज बिहान ९ बजे शीर्ष नेतृत्वलाई बुझाउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा समितिले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन र त्यसका आधारमा तय गरिएको चुनावी तालमेलको मोडालिटी नेताहरुलाई बुझाउन लागेको हो।

गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयमा पुगेपछि उक्त प्रतिवेदन तयार पारिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ५२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६