अछाममा थपिए ४ हजार ८० मतदाता  | Khabarhub Khabarhub

अछाममा थपिए ४ हजार ८० मतदाता 


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता  थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार असारबाट सुरु भएको मतदाता नामावली संकलन कार्यअन्तर्गत अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल  ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्र प्रकाश थारुका अनुसार  स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको भिड लागेको थियो ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै पालिका र सदरमुकामसम्म पुगेका थिए । साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको  मिति घोषणा गरेपछि साउन २० गतेबाट  मतदाता नामावली संकलन कार्य बन्द भएको थियो ।

उनका अनुसार हाल ८२ हजार २ सय ५१ महिला, ७८ हजार १ सय ७ पुरुष र २ अन्य गरी कुल मतदाता १ लाख ६० हजार ३ सय ६० पुगेका छन् । जिल्लामा मतदान स्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६