अनुहार तथा छालाको चाउरीपना हटाउने ‘बोटक्स’ विधि | Khabarhub Khabarhub

अनुहार तथा छालाको चाउरीपना हटाउने ‘बोटक्स’ विधि



पछिल्लो समय चाउरीपना एउटा समस्या बन्दै गएको छ । बुढ्यौली उमेर भएपनि मानिसहरु आफूलाई जवान देखिरहन चाउरीपनको समाधान खोजिरहेका छन् । जुन संख्या दिनानुदिन बढ्दै गएको छ ।

चाउरीपनाको लागि विश्वभरिको स्टान्डर्ड उपचार भनेको बोटक्स हो । अहिलेको समयमा सानै उमेरमा छाला चाउरी परेको हुन्छ । छाला तन्काउन वा चाउरिपना हटाउन बोटक्सको प्रयोग गर्ने गरिन्छ । छोटो समयमा रिजल्ट देखाउने भएकाले पनि यसको प्रयोग बढिरहेको छ ।

यसको प्रयोग कस्मेटिक रुपमा मात्र नभएर उपचारको रुपमा पनि प्रयोग गरिन्छ । डेढो आँखालाई सिधा गर्न, क्रोनिक माइग्रेनमा नशा रोग विशेषज्ञले पनि यसको प्रयोग गर्ने गर्छन । यसले मासु तन्केर लाइन बसेको छ भने त्यो मासुलाई रिल्याक्स गर्छ ।

बोटक्स गरेपछि लाइन, रिंकल हराएर जान्छन् । बोटक्स किटाणुबाट निस्किएको टक्सिन हो । यो एकदमै सेफ छ । चालीस बर्ष भन्दा अघि देखि नै यो उपचारमा प्रयोग भइसकेको छ ।

कुन उमेर समूहमा बढी प्रयोग गरिन्छ ?
बोटक्सको कन्सेप्टमा उपचार भन्दा पनि बचाउको रुपमा प्रयोग गर्ने कन्सेप्ट रहेको छ । जब आँखामुनी फाइन लाइन देखिन सुरु हुन्छ, त्यो समय बोटक्स गर्नको लागी बेस्ट टाइम हो । कसैको २५ बर्षबाट सुरु हुन्छ भने कसैलाई ३० बर्ष पछि मात्रै देखिने गर्छ ।

जब आँखाको मुनी फाइन लाइन देख्नुहुन्छ भने बोटक्स गर्ने बेला भयो भनेर ड्रमाटोलोजिष्टलाई भेट्दा उपयुक्त हुन्छ । फाइन लाइन सुरु हुने बित्तिकै बोटक्स गरियो भने रिजल्ट राम्रो हुन्छ । र, जति उमेरकोले गर्दा पनि हुन्छ ।

बोटक्स एक पटक गरेपछि सधैको लागी हुन्छ भन्ने हुँदैन । यो एउटा केमिकल हो । एक पटक लगाएपछि ६ महिनासम्म केमिकल जाँदैन । यो ६/६ महिनाको अन्तरमा वर्षमा दुई पटक गर्नुपर्ने हुन्छ ।

बोटक्स गर्न लाग्ने समय
कसैले डाक्टरलाई म आजै गर्छु भनेर आउनु भयो भने १५ मिनेट जति डाक्टरसँग कन्सल्ट गरेर नदुख्ने औषधि दिइन्छ । त्यसपछि बोटक्स गर्न १५ मिनेट लाग्छ । करिब ४५ मिनेटदेखि १ घण्टाको समयमा बोटक्स गर्न सकिन्छ ।

बोटक्स गरिसकेपछि छाला बिग्रिन्छ त ?
बोटक्स गरेपछि छाला बिग्रने भन्ने गलत हो । बोटक्स गरेपछि झन् स्किन राम्रो हुदै जान्छ । एजिङको प्रक्रिया भइरहेको छ भने बन्द गर्दै लैजान्छ ।

तीन चार पटक बोटक्स गरेपछि युनिट नै कम लागेको स्किनको क्वालिटी झनै राम्रो भएर आएको महशुस गरेका छौँ । अनुहार बिग्रिएको भनेर अहिलेसम्म पाइएको छैन ।

युनिटमा कसरी प्रयोग गर्ने ?
हरेक मानिसको अनुहारको बनोट फरक हुन्छ । कसैको धेरै हाँस्ने बोल्ने बानी हुन्छ । धेरै हाँस्ने बोल्ने भएका मानिसको धेरै रिन्कल पर्छ । कसैको अनुहार सानो हुन्छ, कसैको अनुहार सानो हुन्छ ।

त्यसैे अनुसार युनिटको कुरा गर्छौ । निधारमा रिन्कल छ भने १२ देखि १५ युनिट भनिन्छ । भर्टिकल लाइन आएको छ भने अझै २० युनिट थप्नुपर्ने हुन्छ । आँखाको वरिपरी १० देखि १२ युनिट चाहिन्छ । आँखाको मुनि ५/५ युनिट चाहिने भनिन्छ ।

अहिले बोटक्सको स्टान्डर्ड प्रोटोकल कस्तो छ भने यदि तपाइले अपर फेसमा बोटक्स गर्न चाहनुभयो भने ५० युनिट गर्नुभयो भने राम्रो नतिजा आउँछ ।

अनुहार पुरै चाउरी परेको छ भने के गर्ने ?
बोटक्सको युनिट विभिन्न ठाउँमा राख्नुपर्ने हुन्छ । डाक्टरकोमा आएपछि उहाँको चाहना हेरेर एनलाइज गरेर मात्र बोटक्स गरीन्छ । एउटै कुरा सबैमा लागु हुँदैन ।

कसैको आइब्रोमाथि होला । कसैको लिप लाइन तल होला । मान्छे हेरेर कस्टमाइज ट्रिटमेन्ट गर्ने हो । विभिन्न पोइन्टहरुमा १५ देखि २० वटा इन्जेक्सनमा ५० युनिट कभर हुन्छ । यो इन्जेक्सनहरु पेनलेस हुन्छ ।

बोटक्स गर्न लाग्ने खर्च
बोटक्स कसरी गर्ने भनेर दुई वटा इन्डिकेसन हुन्छ । कसैलाई मेडिकल इन्डिकेसन हुन्छ, कसैको आँखाको नानी झर्ने लागेको छ । आँखा फरर्फराइरहन्छ भने त्यस्तो व्यक्तिलाई मेडिकल्ली नै बोटक्स चाहिन्छ । चाउरीपना हटाउन गर्नुहुन्छ भने एस्थेटिक इन्डिकेसन भन्छौ ।

त्यति सस्तो पनि छैन । एक बर्षमा दुई पटक गर्दा करिब २० हजार देखि ५० हजार सम्म खर्च लाग्छ । एक पटक गरेपछि छोड्छु, भोलिका दिनमा गर्दिन भन्ने पनि हुँदैन । आफनो बजेट हेरेर गर्नुपर्छ ।

मेडिकल कन्डिसनमा बोटक्स
कसैलाई हातखुटट र काखीमा धेरै पसिना आउछ भने बोटक्स गर्न सकिन्छ। माइग्रेन घटाउन पनि बोटक्स गर्न सकिन्छ। मान्छेको अवस्था अनुसार बोटक्स गर्न सकिन्छ। यसमा पनि युनिट अनुसारनै खर्च लाग्छ। सुरुवातमा मेडिकल प्रयोगको लागी बोटक्सको बिकास भएको हो।

बोटक्स गर्दा के के कुरामा ध्यान दिने ?
बोटक्सको प्रयोग जथाभावी गर्नु हुँदैन । सबै मसल्सहरुको अट्याचमेन्ट बुझ्नुपर्छ । फेसको एनाटोमी बुझनुपर्छ । कहाँबाट रगतको नली बगेको हुन्छ, थाहा हुनुपर्छ । यो सबै कुरा डाक्टरले धेरै बुझेको हुन्छ ।

जहाँ पायो त्यहि गर्दा कम्पलीके्सन धेरै आउन सक्छन् । बोटक्स गरेपछि कुनै साइड इफेक्ट भएको हामीले अहिलेसम्म पाएका छैनौँ । कम्प्लिेकेशन आउन सक्छन् । तर सबै कुरा बुझेर राम्रो डाक्टरको सल्लाहमा गर्नुपर्ने हुन्छ ।

बोटक्स गरेपछि छालाको हेरचाह कसरी गर्ने ?
बोटक्स गरेपछि छाला एकदमै राम्रो हुन्छ । छालामा ग्लो आउँछ । तर बोटक्स गरेपछि धेरै स्याहार गर्नुपर्छ भन्ने हुँदैन । बोटक्स गरेपछि छोटो समयमा राम्रो रिजल्ट आउछँ । दैनिक गर्दै आएको केयर बोटक्स गरे पछि पनि गर्दा राम्रो हुन्छ ।

(सौन्दर्यविद् डा.सिटौलासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ३७ बजे

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको